Published On:Sunday, June 7, 2015
Posted by dadad
नेपाल टेलिकमको डाटा झनै सस्तो, अब एक एमबीको २० पैसा मात्र

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार अब पोष्टपेड उपभोक्ताले निकै सस्तोमा डाटा चलाउन पाउने भएका छन् । नयाँ
प्याकेज अनुसार एक महिनामा ९ सय रुपैयाँ खर्च गर्ने ग्राहकले ५ सय
रुपैयाँको भ्वाईस कल मात्रै गर्न पाउनेछन् भने त्यसको अलावा २ जिबी डाटा
समेत प्राप्त गर्नेछन् ।
५ सय रुपैयाँको भ्वाईस कल गर्न सकिने भएपनि बाँकी ४ सय रुपैयाँमा २ जिबी डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यसरी
हिसाब गर्दा एक एमबी को मात्र २० पैसा तिरे पुग्छ । यो शुल्क अत्यन्तै
सस्तो हो । अहिले पोष्टपेड मोबाईलबाट डाटा चलाउँदा प्रति एमबी ७० पैसा
तिर्नुपर्छ ।
फोनसँगै इन्टरनेट समेत बढी प्रयोग गर्ने
उपभोक्ता यो प्याकेजबाट लाभान्वित हुने टेलिकमको भनाई छ । यो सुविधा
एक्टिभेट गर्नका लागि टेलिकमको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न
टेलिकमले आग्रह गरेको छ ।
टेलिकमले आफ्ना प्रिपेड ग्राहकलाई भने यो सुविधा तत्कालका लागि उपलब्ध गराएको छैन ।