Published On:Thursday, June 4, 2015
Posted by dadad
एमाले–एमाओवादीबीच समझदारी

सिंहदरबारमा आज भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा मतैक्यता भएको हो । दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली काँग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ ।
‘‘राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको हो, संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भैँचालोबाट पीडित भएका जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको छ ।’’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव चूडामणि खड्काले भन्नुभयो । बैठकमा दुवै दलका शीर्ष नेताको सहभागिता थियो ।
यसैबीच एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले सकेसम्म कम प्रदेशको प्रस्ताव आज बस्ने चार राजनीतिक शक्तिको बैठकमा राख्ने बताउनुभयो ।