Published On:Monday, June 1, 2015
Posted by dadad

ओलीको उपस्थितिमा कृपासुर र गणेशबीच समझदारी, शेर्पाले सम्बन्ध स्वीकारे

kripashur sherpa Sex abuse 650_१९ जेठ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो ।

गणेश शेर्पाले आफ्नो ३५ वर्षसम्म नागरिता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेको नयाँ पत्रिकामा खबर छ ।

स्रोतका अनुसार ओलीले आफ्नो निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष विद्या भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् । ओली र भण्डारीसँग भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकार गरेको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कृपासुर र गणेशबीच पनि संवाद भएको छ ।

एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवदेनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए ।

0 comments for "ओलीको उपस्थितिमा कृपासुर र गणेशबीच समझदारी, शेर्पाले सम्बन्ध स्वीकारे"

Leave a reply

    Popular Posts

    Blog Archive