Published On:Thursday, June 4, 2015
Posted by dadad

पानीमाथि दौडिन सक्ने युवती, जादू होइन साँच्चीकै (फोटोफिचर सहित)


पानीमाथि हिड्ने भनेपछि कुनै जादुको काम भन्ने सोँच्नुहोला । तर लेन्का ट्यानर कुनै जादुगर होइनन् । न त उनले जादुगरले जस्तै बरफको ढिक्का वा पानीमा तैरिने वस्तुको प्रयोग गर्छिन् ।

स्लोभाकियाकी यी २८ वर्षे पौडीबाज सिंक्रोनाइज्ड स्विमर हुन् र उनको क्षमताको राज भनेकै उनी पानीमुनि उल्टो भएर पनि हिड्न सक्छिन् र पानीको सतहमा पनि दौडिन सक्छिन् ।

सन् २०१० देखि बेलायतको नटिंघममा बस्दै आएकी लेन्काले पछिल्लो २० वर्षदेखि पानीमा हिड्ने यो स्टन्टको तालीम लिइरहेकी छिन् र आफ्नो यो सीपलाई अब पौडीखेलको प्रवर्द्धनमै प्रयोग गर्नसक्ने आशा उनमा छ ।

‘मेरो लागि पानीमा दौडिनु कुनै गाह्रो काम होइन, किनकी मैले २० वर्षदेखि यो अभ्यास गर्दै आएकी छु’ उनी भन्छिन्, ‘मेरो लागि महत्वपूर्ण कुरा भनेको मेरो खेललाई बढावा दिनु हो ।’ लेन्का ६ वर्षकी हुँदादेखि नै पौडीखेलमा सहभागी हुँदै आएकी थिइन् ।


लेन्काले अहिले अक्वास्टार्स नामक सामुहिक पौडी समूहको गठन गरेकी छिन् । यो समुहले नटिंघममा नियमित रुपमा पौडी अभ्यास गर्दै आएको छ । आफ्नो यो सीप आफ्ना सहकर्मीहरुमा पनि सिकाउने लक्ष्य उनको छ ।@Onlinekhabar

0 comments for " पानीमाथि दौडिन सक्ने युवती, जादू होइन साँच्चीकै (फोटोफिचर सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive