Published On:Thursday, June 4, 2015
Posted by dadad

होला त ६ प्रदेशमा सहमति ?

२२ जेठ, काठमाण्डौ । प्रमुख राजनीतिक दलहरुबीच संघीयताका विभिन्न मोडलमा छलफल भए पनि ६ प्रदेशमा सहमति गर्ने कसरत सुरु भएको छ ।  धेरै प्रदेश बनाउदा मुलुकले धान्न नसक्ने भन्दै ६ प्रदेशमा सहमति गर्नुपर्ने जोड प्रमुख चार राजनीतिक पक्षकै छ । कान्तिपुर दैनिकमा समाचार छ ।

तर, संघीयताको सिमा र नाम तोक्ने या नतोक्ने भन्ने विवादले गर्दा प्रदेशको संख्यामा सहमति हुन सकेको छैन । संघीयताको बिषय नमिल्दा सहमति भइसकेको निर्वाचन प्रणालीसमेत थाँती रहेको छ ।

संघीयताका विभिन्न मोडललाई लिएर कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका नेताहरुबीच विहिबार बेलुका बालुवाटारमा लामो छलफल भएको थियो । त्यसअघि कांग्रेस र एमाओवादी, एमाले र एमाओवादीबीच छुट्टाछुट्टै छलफल भएको थियो ।

0 comments for "होला त ६ प्रदेशमा सहमति ?"

Leave a reply

    Popular Posts

    Blog Archive