Published On:Wednesday, June 3, 2015
Posted by dadad
एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिन सक्ने

केही सन्दर्भमा संविधानसभामा रहेका चार प्रमुख शक्तिबीच कुरा भइरहेको तर
कुरा नमिलिरहेको अवस्थामा एमाले र एमाओवादीबीच गम्भीररूपमा कुरा हुन
थालेको छ। एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी एमाले र
एमाओवादी लागेका छन्।
लामिम्पाटस्थित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा
बुधबार भएको भेटवार्तामा सुशील कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी
नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता नेपाल र एमाओवादीकै वरिष्ठ
नेता डा.बाबुराम भट्टराईबीच गोप्य कुरा भएको थियो। उनीहरूबीच कांग्रेस
राष्ट्रिय सहमतिको सरकारका लागि तयार नभएमा एमालेका मन्त्रीहरूले आवश्यक
परे सामूहिक राजीनामा दिनेसम्मको कुरा भएको बुझिएको खबर आजको राजधानीमा
छापिएको छ।