Published On:Saturday, June 6, 2015
Posted by dadad

अब महिलाहरुले पनि उठेरै पिसाब फेर्न पाउने

Pee_Buddyप्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।

अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।

तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।

भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।

दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।

कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।

पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।

बीबीसी लेख्छ( अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
प्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।
अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।
तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।
दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।
कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।
पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।
बीबीसी लेख्छ- अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
- See more at: http://www.onlinekhabar.com/2015/06/285413/#sthash.2QVSzajR.dpuf

0 comments for "अब महिलाहरुले पनि उठेरै पिसाब फेर्न पाउने"

Leave a reply

    Popular Posts

    Blog Archive