
२१ जेठ, काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले आफैँले गरेका दर्जनौ फैसलाका नजिर कुल्चदै
व्यापारी अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सबैभन्दा कम
सजाय दिने फैसला गरेको छ । नागरिक दैनिकमा समाचार छ । अपहरण मुद्धामा ७
वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भएपनि जिल्ला अदालतले
साढे ३ वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ ।
१७ वर्ष जेलसजाय माग गरिएको सरकारी मुद्धामा आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला गरेको हो ।