Published On:Monday, June 8, 2015
Posted by dadad

टेलिभिजन हेरेर अपहरणको सिको

२६ जेठ, काठमाण्डौ । अपहरणकारीले मृत्यु भयो भनेर जंगलमा खाडलमा गाडेका एक बालक हिँड्दै फर्किएका छन् । सूचना पाएको चार घन्टामै प्रहरीले बालक अपहरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गोकर्ण दक्षिणढोका बस्ने १० वर्षीय बञ्जरा थरका बालकलाई दुई युवकले शनिबार दिउँसो करिब तीन बजे मिठाई खुवाई फकाएर अपहरण गरी जंगलमा पुर्‍याएका थिए । प्रहरीका अनुसार दोलखाका भीमबहादुर मगर र रुद्र खत्रीले उनलाई अपहरण गरेर लगेका हुन् ।

जंगलमा लगेर घाँटी थिची कुटपिट गरेका उनीहरूले बालक चल्न छाडेपछि मृत्यु भएको भन्दै खाडलमा गाडेका थिए । तर, केही घन्टापछि होसमा आएका बालक खाल्डोबाट निस्किएर हिँड्दै फर्किएका हुन् । घरनजिककै स्कुलमा पुगेपछि बेहोस भएका उनलाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।
 
टेलिभिजन हेरेर अपहरणको सिको
पक्राउ परेका मगर र खत्रीले प्रहरीसँगको बयानमा टेलिभिजन हेरेर अपहरण गर्न सिकेको बताएका छन् । टेलिभिजनका कार्यक्रममा बालक अपहरण गरेर सजिलै पैसा कमाउन सकिने देखेपछि करिब दुई महिनाअघि यस्तो योजना बनाएको उनीहरूले बयान दिएका छन् । मिठाई खान दिएर बालकसँग नजिक हुन सकिने तरिका पनि उनीहरूले टेलिभिजनबाटै सिकेका थिए ।

‘मिठाई दिँदा जो बालक नजिक हुन्छ, उसलाई अपहरण गर्ने योजना बनाएका रहेछन्,’ एसपी बुद्धि गुरुङ भन्छन्, ‘बञ्जरा नजिकिएपछि उनको अपहरण भएको देखिन्छ ।’
यो घटनाले बालबालिकालाई अपरिचित व्यक्तिसँग नजिक हुनबाट अभिभावकले रोक्नुपर्ने शिक्षा दिएको प्रहरी अधिकारी बताउँछन् । अपरिचित व्यक्तिले मिठाई दिएर बालबालिकालाई यौन दुव्र्यवहार तथा अपहरणका घटना गर्दै आएका छन् .

0 comments for "टेलिभिजन हेरेर अपहरणको सिको"

Leave a reply

    Popular Posts

    Blog Archive