Published On:Thursday, June 4, 2015
Posted by dadad
गजल
–अमृता अर्याल
पराईनाता जोड्नुपर्छ बेहुली वन्दैछु भोली
जन्मघर छोड्नुपर्छ वेहुली बन्दैछु भोली ।
उही आई सपनीमा जिस्क्याउँछ घरी–घरी
उसकै घर गोड्नुपर्छ बेहुली बन्दैछु भोली ।
खै कति खुसी साचुँ कति धेरै दुखी हुँला
जन्मथलो तोड्नुपर्छ वेहुली वन्दैछु भोली ।
चिनजानी छैन कोही नयाँ मान्छे नयाँ गाऊँ
सुखहरु फोड्नुपर्छ वेहुली वन्दैछु भोली ।
पराईनाता जोडेपछि निर्णय एक्लो हुन्न अरे
जे गर्दा नि सोद्नुपर्छ वेहुली बन्दैछु भोली ।।