Published On:Saturday, June 6, 2015
Posted by dadad

भूकम्पपीडितलाई रोगप्रतिरोधी क्षमता बढाउने बिस्कुट दिइने

काठमाडाँै, २३ जेठ । भारतको राष्ट्रिय सेवा भारती र गोवद्र्धन प्रतिष्ठान पुणेले नेपालका भूकम्पप्रभावित बालबालिका र महिलालाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक बिस्कुट वितरण गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी गोवद्र्धन प्रतिष्ठानकी अध्यक्ष भाग्यश्रीले भूकम्पप्रभावित जिल्लामा महामारी फैलन सक्ने सम्भावना र सबै क्षेत्रमा चिकित्सक पुग्न सक्ने अवस्था नरहेकाले महामारी फैलनबाट रोक्न सक्ने खालको विस्कुट वितरण गर्न लागिएको बताउनुभयो ।

उहाँले नेपाल ल्याइएको तीन टन बिस्कुट १० हजार भूकम्पपीडित महिला तथा बालबालिकाका लागि वितरण गरिने योजना सुनाउँदै नेपाल सरकारले अनुमति दिए अझै यस्ता बिस्कुट उपलब्ध गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारत सरकार, युनिसेफ, विश्व बैंक र लायन्स क्लब इन्टरनेसनलले अनुमति दिएको यो बिस्कुट एक जनाले दुई पिसभन्दा बढी खान हुँदैन ।”

हिन्दू स्वयम्सेवक सङ्घ नेपालका महासचिव मुरली निरौलाले आफूहरुले भूकम्पपीडितलाई विभिन्न चरणमा राहत वितरण गरेको जानकारी दिँदै गोवद्र्धन प्रतिष्ठानले उपलब्ध गराएको पौष्टिक बिस्कुट भूकम्पपीडितका लागि झनै उपयोगी हुने बताउनुभयो ।

शुक्रबार भक्तपुरको सल्लाघारी शिविरबाट वितरण प्रारम्भ गरिएको सो पौष्टिक बिस्कुट हिन्दू स्वयम्सेवक सङ्घ र जनकल्याण परिषद्मार्फत भूकम्प प्रभावित भक्तपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रसुवा, दोलखालगायतका जिल्लामा वितरण गरिने जानकारी दिइएको थियो । रासस

0 comments for "भूकम्पपीडितलाई रोगप्रतिरोधी क्षमता बढाउने बिस्कुट दिइने"

Leave a reply

    Popular Posts

    Blog Archive