Published On:Monday, June 8, 2015
Posted by my storry

नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा

जेष्ठ २६ काठमाण्डौ 
भूकम्प पछि देश सिथिल भयो भन्नेहरु धेरै छन् । तर देशको नव निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुँदैछन् । दौड केवल दौडमा मात्र सिमित हुने छैन । काठमाण्डौमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ, अनि दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने छ, त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उर्जा प्रदान गर्ने छ । नव नेपाल निमार्ण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यस्ता रचनात्मक कार्यमा लाग्न सघाउ पु¥याउने द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले बताउनुभयो । 
वाई.एस.पि. नेपाल रामेछाप, युथ नेटवर्क काठमाण्डौ र द ह्वाईट जोन नेपाल काठमाण्डौको संयोजनमा यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि. नेपाल रामेछापका अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 
५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार
मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का,  अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगाएत नागरिक समाजका अगुवा, पत्रकार, कलाकार, पेशाकर्मीको  सहभागिता रहने महतले जानकारी दिनुभयो । 

0 comments for " नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा "

Leave a reply

    Popular Posts

    Blog Archive