Published On:Sunday, June 7, 2015
Posted by dadad

‘ब’ को संयोजनमा बन्यो यस्तो मनछुने भूकम्प गीत (भिडियो सहित)

साल – बहत्तर
महिना – बैशाख
गते – बाह्र
केन्द्र – बारपाक
समय – बाह्र बजे
गायक – बालकृष्ण
बहत्तर साल बैशाख १२ गते करिब १२ बजे बारपाक केन्द्र बनाएर गएको विनाशकारी भू–कम्पबाट नेपालीले भोग्न परेको पीडालाई स्याङजा किचनास घर भएका बालकृष्ण वाग्लेले ‘आयो भू–कम्प गयो पीडा दिएर’ बोलको गीत बजारमा ल्याएका छन् ।
भूकम्पमा हजारौंले ज्यान गुमाए, कतिको त परिवार सकियो, धेरै आमाहरुको काख रित्तियो, अनगिन्ती हजारौं दिदीबहिनीको सिउँदो पुछियो लाखौं नागरिक घरविहीन भए । भू–कम्पले ऐतिहासिक परातात्विक सम्पदाहरु छिन भरमै इतिहासका पाना बन्न पुगे ।
“भू–कम्पले दिएको पीडालाई र आम सर्वसाधारणमा बाँकी रहेको त्रास, चिन्तालाई गीत मार्फत हटाउने प्रयास गरेको छु ।” वाग्लेले भने, “सान्त्वना दिने प्रयास र राहतमा ध्यान दिन सबै पक्षको ध्यान केन्द्रीत गरेको छु ।” वाग्लेले भूकम्प गएको १३ औं दिनमा गीत सार्वजनिक गरेका हुन् ।
देश राईरहेको समयमा कसैको मुख ताक्नु उसकै दोष हुने भाव दिएर शोकलाई शक्तिमा बदल्न गीत मार्फत आव्हान गरेका वाग्लेले भूकम्पबाट भएको विनाशलाई अब सबै एकसाथ भएर निर्माणमा रुपान्तरण गर्न आग्रह गरेका छन् ।
“देशमा लाखौं परिवार जस्तै म आफू स्वयं भूकम्प पीडित हुँ ।” वाग्लेले भने, “पीडाकाबीचमा पनि भूकम्पले दिएको पीडालाई गीतमा उतारेर इतिहासका पानामा लेखाउने प्रयास गरेको छु ।” गीत मार्फत भू–कम्पले दिने पीडाका बारेमा आउ“दो पुस्तालाई समेत सचेत बनाएको उनले बताए ।
नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियोले रेकर्डिङ्, उतपादन र वितरण गरेको एल्बम राष्ट्रिय स्तरका लोकदोहोरी गायकहरु सहयोगी रहेको एल्बममा लय तथा शब्द संकलन गायक वाग्लेले गरेका छन् भने संगीत संयोजक तेजेन्द्र गुरुङले ।
पेशाले शिक्षक वाग्लेले करिब ५० हजारको खर्चमा एल्बम सार्वजनिक गरेको हुन् । गीत बजे बापत प्राप्त हुने रोयल्टी र स्टेज कार्यक्रमबाट प्राप्त हुने रकमको ६० प्रतिशत भूकम्प पीडित बालबालिकालाई सहयोग बापत् दिने वाग्लेले बताए

0 comments for "‘ब’ को संयोजनमा बन्यो यस्तो मनछुने भूकम्प गीत (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive