Published On:Sunday, June 7, 2015
Posted by dadad
अझ तीन साता गर्मी बाट बच्नुपर्ने

गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार
लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको
विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या
उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो ।
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी
तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन–
‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर
तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’