Published On:Thursday, June 4, 2015
Posted by dadad

अन्तर्राष्ट्रिय समुदाय 'नयाँ सरकारका पक्षमा'

२२ जेठ, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले महाभूकम्पले निम्त्याएको राष्ट्रिय विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय पनि नयाँ सरकारका पक्षमा देखिएको बताएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

दाहालले ३० दलीय गठबन्धनको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुशील कोइराला नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय समुदायसामु विश्वसनीयता गुमाउँदै गएको उल्लेख गरेका हुन्।

'अहिले सरकारको विश्वसनीयता कम छ। हामी एकताबद्ध भयौं भने विश्वसनीयता पनि बढ्थ्यो', दाहालको भनाइ उद्धृत गर्दै एमाओवादीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीका अनुसार सरकारले भेदभावरहित र पारदर्शी ढंगले राहत वितरण नगरेकाले सरकारप्रति अन्तर्राष्ट्रिय दाताहरूले प्रश्न उठाएको दाहालले बैठकमा बताएका थिए।

'सरकारका क्रियाकलापका कारण अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आएको छैन।

0 comments for "अन्तर्राष्ट्रिय समुदाय 'नयाँ सरकारका पक्षमा'"

Leave a reply

    Popular Posts

    Blog Archive