Published On:Sunday, June 7, 2015
Posted by dadad
अधिकांश अधिकांश निजी स्कुलका भवन मापदण्डविपरीत

आवासीय प्रयोजनका लागि बनाइएका भवनमा थाम्नै नसक्ने गरी विद्यार्थीको
निरन्तर आवतजावत र भारसमेत धेरै हुँदा विद्यार्थी असुरक्षित छन्।
जिल्ला शिक्षा कार्यालय काठमाडौंका इन्जिनियर गिरिराज मिश्रले स्कुल
सञ्चालन गर्न बनाइने र आवासीय भवनको मापदण्ड फरक भए पनि कार्यान्वयन नभएको
बताए।
उनका अनुसार स्कुल सञ्चालन भएको भवनमा अनिवार्य बरन्डा हुनुपर्ने, एउटै
कोठामा दुईवटा ढोका हुनुपर्ने, फराकिलो भर्याङ हुनुपर्ने, स्कुलसम्म
आउनजान ठूलो गल्ली हुनुपर्ने, स्कुल भवन बक्स आकारको हुनुपर्ने तथा एसे
ब्ली गर्न अगाडिको भागमा पर्याप्त खुला ठाउँ हुनुपर्नेलगायत मापदण्ड छन्।
'यी मापदण्ड कागजमा सीमित छ। शिक्षा मन्त्रालय तथा अन्य उच्च तहका
पदाधिकारीलाई हामीले यस विषयमा जानकारी गराइसकेका छौं। कार्यान्वयन गर्ने
काम हाम्रो होइन', मिश्रले भने, 'यस्ता स्कुललाई निश्चित समय दिएर
मापदण्डअनुसारको भवन बनाउन निर्देशन दिनुपर्छ।