Published On:Tuesday, June 2, 2015
Posted by dadad

बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना

सिन्धुपाल्चोक ः सिन्धुपाल्चोकको कोदारी राजमार्गको बलेसी बजारबाट पारिको यमुना डाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्।

डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको स्थानीयले प्रहरीलाई खबर गरेका छन्। माउन्टेन एयरको हेलिकोप्टर भएको बुझिएको छ।

स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन् । ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो। स्थानीयले खबर गरेपछि संभावित घटनास्थलतर्फ सुरक्षाकर्मी खटाइएको डिएसपी दीपक खरेलले बताए।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको कोदारी राजमार्गको बलेसी बजारबाट पारिको यमुना डाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्। 
 
डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको स्थानीयले प्रहरीलाई खबर गरेका छन्। माउन्टेन एयरको हेलिकोप्टर भएको बुझिएको छ। 
 
स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन् । ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो। स्थानीयले खबर गरेपछि संभावित घटनास्थलतर्फ सुरक्षाकर्मी खटाइएको डिएसपी दीपक खरेलले बताए। 
- See more at: http://annapurnapost.com/News.aspx/story/12652#sthash.8ebDN5q0.N8HZI7et.dpuf

0 comments for "बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना"

Leave a reply

    Popular Posts

    Blog Archive