Published On:Monday, June 1, 2015
Posted by dadad

मूल्यवृद्धि फिर्ता

काठमाडौँ, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्यअनुसार आजबाट मूल्य बढाएकामा तत्काल आन्तरिक छलफल गरी बढाइसकेको मूल्य फिर्ता लिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सोही अनुसार आजबाट बढाउने निर्णय गरिएतापनि हालैको भूकम्पका कारण सबैतिरबाट राहत उपलब्ध भइरहेका बेला जनतामा नकारात्मक असर पर्नसक्ने देखिएकाले मूल्यवृद्धि फिर्ता लिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको र खाना पकाउने ग्याँस र हवाई इन्धनमा भने मूल्यवृद्धि नगरिएको जनाएको छ ।

प्रवक्ता घिमिरेका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा पनि स्वतः बढाउने र मूल्य घट्दा यहाँ पनि स्वतः घटाएर बेच्ने गरिएको छ । रासस

0 comments for "मूल्यवृद्धि फिर्ता"

Leave a reply

    Popular Posts

    Blog Archive