Published On:Wednesday, April 29, 2015
Posted by my storry

घाइतेको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, वैशाख १६ । 
प्रधानमन्त्री सुशील कोइरालाले महाभुकम्पमा परी घाईते भएकाहरुको निःशुल्क उपचार गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाका बारे जानकारी लिदै उनले घाईतेले प्रभावकारी स्वास्थ्य सेवा नपाएकोप्रति गुनासो गरे । 
घाईतेहरुले गम्भीर घाइते भएकाको समेत अस्पतालले गुणस्तरीय उपचार नगरेको भन्दै समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 
अस्पतालमा सयाँैको सङ्ख्यामा भूकम्पपीडित उपचाररत रहेका छन् । बिरामीले विशेषगरी खानेपानीको अभाव रहेको र त्यसमा अस्पताल प्रशासनले ध्यान नदिएको गुनासो गरेका थिए । 
यस्तै प्रधानमन्त्री कोइरालाले बालाजु, माछापोखरीमा भूकम्पबाट क्षतिग्रस्त भवन र स्थानीयको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । उनले राहत तथा उद्धार कार्यमा खटेकालाई प्रभावकारी काम गर्न निर्देशन दिएको संयोजक प्रकाश अधिकारीले जानकारी दिए । भूकम्पबाट घाइते भएकाको अवस्थाका बारेमा जानकारी लिन स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री कोइराला नेपाली सेनाको अस्पताल छाउनी पनि पुगेका थिए ।
शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३ सय ६३ जनाको उपचार सो अस्पतालमा भइरहेको छ ।

0 comments for "घाइतेको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीको निर्देशन "

Leave a reply

    Popular Posts

    Blog Archive