Published On:Wednesday, April 22, 2015
Posted by my storry
संविधान सभा बैठक आज, दलहरुको भित्री र वाहिरी रुप कस्तो छ
समाचार विश्लेषण, संगम महत
प्रकाशित मिति २०७२ वैशाख १०
प्रकाशित मिति २०७२ वैशाख १०
![]() |
फाईल फोटो |
पटक–पटक संविधान सभा बैठकमा सहभागि नभएर विरोध गर्दै आएका प्रतिपक्ष र शक्तापक्षविच बुधबार वसेको वैठक सकारात्मक भएपछि आज संविधान सभा बैठक वस्दै छ ।
तर त्यसभन्दा पहिले आजै विवादीत विषयमा सहमतिको प्रयास स्वरुप तिन दलका शिर्ष नेताहरुविच छलफल हुने भएको छ ।
यस अघि बसेको वैठकले विवादीत विषयमा सहमति जुटाउने जिम्मा तिन दलका शिर्ष नेताहरुलाई दिने निर्णय गरे बमोजिम बुधवार दोस्रो तहका नेताहरुको हिजो बैठक वस्यो भने आज शिर्ष नेताको बैठकको तयारी भएको हो । आजको बैठकमा नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले सहभागि हुने छैनन । यस अघि पनि धेरै निर्णायक भनिएका छलफल र बैठकबाट खासै उपलब्धि हासिल गर्न नसकेका दलहरुले व्रेक थ्रु गर्ने बताएका छन् ।
दलहरु कता कता छन्
गत माघ ८ गते संविधान सभाबाट संविधान जारी गर्ने प्रतिवद्धता जनाएका दलहरुले आफु अनुकुलको निर्णय गराउने प्रयासमा लाग्दा अन्तत संविधान सभाबाट तोकिएको कुनै काम हुन सकेन । यसैविचमा प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादी मोर्चा वनाएर सडक सम्म पुग्यो भने चौथो दल राप्रपा नेपालले पनि असहमति जनायो । संविधान सभा भित्र र वाहिर रहेका दलहरुविच मोर्चा वन्दी गरेर आन्दोलनमा होमिएको एकीकृत माओवादी अन्नत आज सम्म आईपुग्दा विभाजित भईसकेको छ । मधेस केन्द्रीत केही दलहरुले आप्mनै मार्चाको विरोध गरेका छन् ।
नेपाली काँग्रेस
नेपाली काँग्रेस १३ औ महाधिवेसनको तयारीमा छ ।
१३ औ महाधिवेसनमा आफु कुन स्थानमा पुग्ने र कसरी शक्ति केन्द्रमा रहिरहने भन्ने रणनीतिमा लागेका काँग्रेसका दोस्रो दर्जाका नेताहरु राष्टिय राजनीति भन्दा पार्टी राजनीतिमा व्यस्त छन् । सभापति एंव प्रधानमन्त्री वेदेश भ्रमणमा छन् । पार्टी पंक्तिलाई राम्रोसंग सञ्चालन गर्न नसकेको आरोप खेपिरहेका कोईरालाको आश गर्नु मुर्खता हुने पार्टी भित्रैबाट टिका टिप्पणी हुने गरेको छ । लामो समयसम्म प्रदेशका वारेमा ठोस धारणा सार्वजनिक गर्न नसकेको काँग्रेस अहिलेपनि लमलमै छ ।
नेकपा एमाले
नेपकपा एमाले पार्टीमा कार्यविभाजनको टुङ्गो लगाएर अव राजनीतिक सक्रियता बढाउने तयारीमा लागेको छ । संघ र पुर्नसंरचना एंव प्रदेशका सवालमा विभिन्न विकल्प ल्याएको एमाले आप्mनो कुनै एजेण्डामा सवैलाई सहमतिमा ल्याएर जीत आप्mनो पक्षमा पार्ने योजनामा छ । नेतृत्व कडा भयो र भएन भनेर विभिन्न चरणमा हुने टिकाटिप्पणी अहिले कम हुँदै गएको छ । एमाले सहमति भए सहमति र नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने पक्षमा उभिएको छ ।
![]() |
फाईल फोटो |
एकीकृत माओवादी भित्र
एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बावुराम भट्राई नयाँ शक्तिको नयाँ रणनीतिमा लागेका छन् भने उपाध्यक्ष नारायणकाजि श्रेष्ठ अहिले काख सक्रिय देखिएका छैनन । दोस्रो तहका नेताहरु अध्यक्षसंग नजिक हुनका लागि केही सक्रिय भएको देखाएपनि लाभ नहुने देखिएपछि टाढिने र लाभ हुनजेल नजिकिने क्रम जारी छ । पार्टी भित्र र वाहिरी राजनीतिमा अध्यक्ष प्रचण्ड वढि भावनात्मक बनेर निर्णय गर्दा खास अडान नभएको नेताका रुपमा चित्रित हुने गरेका छन् ।
![]() |
फाईल फोटो |
मधेस केन्द्रीत दल
अधिकाशं मधेस केन्द्रीत दलहरु एकीकृत माओवादीको मोर्चामा सामेल छन् । तर अहिले उनिहरुको मन वाहीर तन मोर्चामा भएको पछिल्लो समय आएका अभिव्यक्तिले प्रष्टै हुन्छ । पार्टी भित्रपनि खास राम्रो गर्न नसकेका मधेश केन्द्रीत दलहरुलाई अवसरवादीको आरोप लाग्ने गरेको छ । जुन उनिहरुका क्रियाकलापले प्रष्ट पार्दै पनि गएको छ ।
चौथो दल राप्रपा नेपाल
राप्रपा नेपाल प्रक्रिया र सहमति पछिको विकल्प जनमत संग्रहबाट संविधान जारी गर्नुपर्ने पक्षमा देखिएको छ । उसले भन्दै आएको प्रक्रिया र सहमति दुवै कार्य सफल हुन सकेनन अव जनमतसंग्रहमा जानु पर्छ भन्ने कुराहरु यदाकदा सुनिन पनि थालेको छ । केही काँग्रेस एमालेका नेताहरुले पनि घुमारो पारामा यि कुराहरु भन्न थालेका छन् ।
संविधा सभा वाहिरका दलहरु
संविधान सभा वाहिरका दलहरुले संविधा सभाबाट संविधान जारी नहुने जिकिर गर्दै आएका छन् । उनिहरुले भने जस्तो नभएपनि केही ढिला भने भएको हो । संविधान सभाको औचित्य पुष्टि गर्न संविधा सभा वाहिरका दलहरुको माग छ । उनिहरुले संविधा संभा भंग गरेर गोलमेच सम्मेलन गर्न माग गरिरहेका छन् ।