Published On:Friday, April 17, 2015
Posted by my storry
कलेजोको महत्व नबुझेका हामी
बैशाख ४, काठमाण्डौ,
काठमाडौं मेडिकल कलेज पव्लिक लिमिटेड (केएमसी) ले दुई साता सम्म १६ औं केएमसी डे २०१५ मनाउने भएको छ ।
केएमसीले शनिबारदेखि विविध कार्यक्रमका साथ केएमसी महोत्सवको आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
विश्व कलेजो दिवसको अवसरमा पारेर कलेजो स्वास्थ्य सम्वन्धित जनचेतनामूलक कार्यक्रम आयोजना गरिने केएमसीले जनाएको छ ।
यसैक्रममा शनिबार विहान काठमाडौंको बसन्तपुरदेखि कमलादीसम्म प्रभातफेरी आयोजना गरिने केएसीका कलेजोरोग विषेशज्ञ डा.क्षेतेन योन्जन तामाङले जानकारी दिइन् ।
कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधारको तयारीमा रहेको केएमसीले कलेजो प्रत्यारोपणसम्वन्धी ऐनको अभाव प्रत्यारोपण सुरु गर्न नसकिएको जनाएको छ ।
कानुनी अवरोधका कारण नेपालमा कलेजो प्रत्यारोपण हुन नसक्दा वार्षिक करौंडौ रुपैयाँ विदेसिने गरेको छ । मिर्गौला जस्तै कलेजोका विरामीको संख्या दिनप्रतिदिन बढ््दै गएको चिकित्सकहरुले बताएका छन् । केएमसीमामात्रै विगत ३ वर्षयता कलेजो प्रत्यारोपण गर्नुपर्ने १४० जना विरामी आएको डा् क्षेतेन तामाङले जानकारी दिइन् ।
उनका अनुसार कलेजो प्रत्यारोपणका लागि भारतमा २० लाख भारु खर्च लाग्ने गरेको छ तर नेपालमै प्रत्यारोपण सेवा उपलव्ध भएमा निकै सस्तो पर्नेछ । अन्य मुलुकहरुमा निकै खर्चिलो उपचार रहेकोले नेपालमै प्रत्यारोपण सेवा उपलव्ध भएमा विदेशीहरुसमेत नेपाल आउने र नेपालको स्वस्थ पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ ।
सबैभन्दा बढी मदिरा तथा मदिराजन्य पदार्थको सेवनबाट कलेजोमा क्षति पुग्ने गरेको छ । कलेजो प्रत्योरोपणबाट पाँचदेखि १० वर्षसम्म मानिसलाई बचाउन सकिन्छ ।