Published On:Thursday, April 16, 2015
Posted by my storry

सिमा पारिको सहयोगको पर्यय हुन (उमेश गुरुङ)

प्रस्तुतिमा, दिनेश पोखरेल, 
बैशाख ३ गते ,पोर्चुगल, लिस्बन । 
भनिन्छ मानिस विदेश पुगेपछि त्यहाको रहनसहन र ब्यवहारमा घुलमिल भएसंगै ब्यक्तिवादी हुन्छ, त्यहाँको ब्यक्ति केन्द्रीत मानसिकताले विस्तारै विस्तारै उसले आप्नो कर्तब्य, दायित्व अनि जिम्मेवारीलाई भुल्न थाल्छ । धन कमाउने अनि सुखसयल पुर्ण जीवनयापन गर्ने अभिलासामा उसले मानवियता भुल्न थाल्छ । अझ प्रत्येक सेकेन्ड पैसासंग विनयमय हुने युरोप अमेरिका लगायत सम्पन्न मुलुकमा पुगेकाहरुको सन्दर्भमा अझ बढी लागुहुन्छ ।
डिभि परेको छोरोले आफुले खाई — नखाई अनेकै दुःख कष्ट सहि हुर्काएकी आमालाई मिठो सपना बाडेर जायजेथा बेच्न लगाएर पैँसा कुमल्याई आमालाई एयरपोर्टमा अलपत्र पारेर छोडेर गएको छोराको कथा होस् या देवता समानका बृद्ध अवस्थाका बुवा आमालाई बृद्धाश्रममा मिल्काएर विदेशको भौतिकतामा रमाईरहेका कतिपय छोराछोरीको तितो यथार्थताले नेपाली समाजको यो कटु तथ्यलाई उदागों पारिसकेको छ । 
तर यो कुरा सबैमा लागु हुदैन । 
विदेशमा कतिपय यस्ता मानिसहरु पनि छन् जो आप्नो पेशा ब्यवसायमा जतिसुकै ब्यस्त भएपनि आप्नो क्षेत्रबाट गाउँ, समाज अनि समग्र देशको उत्थान र विकासमा चिन्तनशिल रहिरहन्छन् । भलै सेवाको स्वरुप भिन्न—भिन्न हुन सक्छ परिमाण धेरै—थोरै हुन सक्छ । हो यस्तै नेपाल र नेपालीको हितप्रति समर्पित ब्यक्तित्वको नाम हो उमेश गुरुङ ।
उमेरले झण्डै ३ दशक नाघेका । शान्त व्यक्तित्व , नम्र र मिठासपुर्ण बोली उनको  विशेषता हो । पोर्चुगलको कासकाईसमा बसोबास गर्ने उनको मन पनि नैनिजस्तै नरम छ । विदेशिएका कोही नेपालीलाई गार्हो सारो पर्यो भने उनी तत्तपर भईहाल्छन् सहयोगका लागि ।  
होचो कद, फुर्तिलो शरिर, समान्य पहिरन, उनको बाहिरी आवरण । सेवा नै धर्म हो भन्ने मान्यता । यहि कसिमा टेकेर उनले विदेशमा दुःख पाएका नेपालीहरुलाई मन बचन अनि कर्म हर तरहले सहयोग गर्दै आएका छन् । 
नेपाल रहदा मृत्यु र मुक्तिको कसम खाएर एकिकृत माओवादी नेतृत्वको जनयुद्धमा सक्रिय सहभागिता जनाएका गुरुङ लालाबालाको बिचल्लि देख्न नसकि साम्यवादी समाज निर्माणको सपनालाई मनभित्र थाति राखि विदेशिन बाध्य भए । अन्याय र अत्याचारको विरुद्धमा आवाज बुलन्द गर्दै समाजमा चेतना छर्दै हिडेका गुरुङ सुरुवाति दिनमा आफै अत्याचार भोग्न बाध्य भए । 
कम्ति दुःख पाएनन् उनले । अनेकै हण्डर ठक्कर खाएपनि हिम्मत कहिल्यै हारेनन् सम्हालिदै साहस र धर्यतालाई कायम राख्दै आज तुलनात्मक रुपमा धेरै अनुकुल स्थिति निर्माण गर्न सफल भएका छन् । परिवारलाई दुई पेट खुवाउन अनि छोराछोरीलाई गुणस्तरिय शिक्षा दिन पुगेको छ उनी यसैमा सन्तुष्ट छन् । उनी भन्छन्, बस अब यति इच्छा छ मेरो सम्पर्कमा आएका नेपालीहरुले मैलै जस्तै दुःख भोगेको देख्न नपरोस् । 
धेरै धन कमाउने सपनामा घरबार नै बन्दकी राखेर लाखौँ ऋणको भार बोकी विदेशीएका थुप्र्रै नेपाली जो अपेक्षा गरिए भन्दा उल्टो परिस्थीति देखेपछि विरक्तिएका छन्, डिप्रेसनको शिकार भएका छन् । 
उनीहरुलाई सहयोग अनि आत्मविश्वास भर्दै मार्ग प्रसस्त  गर्न क्रियाशिल छन् उनी । सुरुवाति चरणमा बैधानिकताका निम्ति आवश्यक प्रशासनिक तथा कानुनी अवस्थाकाबारे जानकारी नभएर चिन्तीत मुद्रामा भौतारिएका नेपालीहरुलाई सम्बन्धीत निकाय सम्म पुर्याएर कागजी प्रकृयाको आधार तयार गरिदिने देखि आवास तथा काम खोज्ने सवालमा पनि उनि दिलो ज्यानले लागिरहेका हुन्छन् । 
उनी भन्छन् “ विदेश आएर सहारा विहिन भएका, कानुनी अवस्थाको बारेमा जानकारी नभएर अल्मलमा परेका थप्रै नेपालीलाई आफुले जानेबुझे सम्म निधानको बाटो देखाउने काम गरेको छु , साथिभाई लाई भनेर हर संभव काम दिलाउन कोसिश गर्ने गरेको छु । अरु ठुलो सहयोग गर्न नसकेपनि नेपाली हुनुको नाताले दुःखमा परेका दाजुभाई, दिदी बहिनीलाई सहयोग गर्न पाए आत्म सन्तुष्टी मिल्छ । मनमा शान्ति मिल्छ । ”
यहिको एक रेष्टुरेन्टमा कार्यरत गुरुङको विदाको समय प्रायः यस्तै समस्याग्रस्त नेपालीको समस्या समाधानमा वित्ने गर्छ । त्यस बापत न त उनले कुनै पारिश्रमीक लिने गर्छन नत चर्चामा, प्रचारमा आउने उदेश्य नै छ उनको । छ त केवल सहयोगी भावना बोकेको नेपाली मन । नेपालिहुनाको कर्तब्य र जिम्मेवारीबोधता । देश र समाजप्रतिको निष्ठा । 
धन कमाउने ठुलो सपना बोकेर घरबार बन्दकी राखेर १५, २० लाख सम्म खर्चेर पोर्चगल आउने कपिपय नेपाली सामान्य काम समेत नपाएर डिप्रेसनको शिकार भईरहेको भन्दै उनी आउन चाहनेहरुलाई बस्तुगत यथार्थता बुझेर आउन सुझाउछन् । 
मार्वु २ दोलखाको एक समान्य किसान परिवारमा जन्मीएका गुरुङ मुलुकभित्र रोजगारीको संभावना नभेटिएपछि २०६५ सालमा विदेशिएका थिए । 

लेखक ः पिएचडिको शिलशिलामा युरोपमा छन् ।  

0 comments for "सिमा पारिको सहयोगको पर्यय हुन (उमेश गुरुङ)"

Leave a reply

    Popular Posts

    Blog Archive