Published On:Wednesday, April 29, 2015
Posted by dadad
भुकम्प पिडितका लागि जापानमा राहत संकलन तिब्र
![]() |
तस्वीरः प्रकाश पन्थी जापान
|
सहयोगी हातहरु बढ्दै
प्रकाश पन्थी
अप्रिल २९, टोकियो विनाशकारी भुकम्पका कारण नेपालमा भएको ठुलो जनधनको क्षतीप्रति गहिरो दुःख जनाउदै जापानमा क्रियाशिल विभिन्न संघसस्थाले राहत संकलन कार्यलाई तिब्रता दिएका छन् । राष्ट्यि विपतमा परेकाहरुलाई सेवा गर्नु नै मानविय धर्म भएको भन्दै एकदर्जन बढी सघंसस्था राहत संकलनमा जुटेका हुन् । पिडीतहरुका लागि गल्कोट समाजले सुरु गरेको महा बिपत राहत अभियान २०७२ अन्तरगत करिव ३० लाख रुपैया संकलन भएको छ । ५० लाख रुपैया संकलन गरि सिधैं प्रभावित क्षेत्रमा गएर राहत पुर्याउने भनिएपनि तत्कालका लािग संकलित ३० लाख रुपैया भोली विहिवारै नेपाल पठाउने तयारी भएको अध्यक्ष हर्क थापाले जानकारी दिए ।त्यस्तै, पिडितको उद्धारका लागि एनआरएन आइसीसी जापानका उपाध्यक्ष भवन भट्टले १ करोड रुपैया सहयोग दिने घोषणा सगैँ पाल्पाका तोयानाथ पोखरेलले ३० लाख जापानी येन राहत उपलब्ध गराए । आइची र गिफु जिल्लामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका पोखरेलले नेपालीलाई सहयोग गर्नुमा जती मानविय धर्म अन्य कुनै कार्यमा नभएको भन्दै खुलामनले राहत संकलनमा लागेका हुन् । भुकम्प पिडितका लागि नेपाली जनसम्पर्क समितिले १४ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै रेमिट्यान्स कम्पनी क्योदाई रेमिट्यान्सले १० लाख जापानी येन उपलब्ध गराउने घोषणा गरेको छ ।
त्यस्तै जापानमा लामो समयदेखी व्यवसाय गर्दै आएका व्यवसायी दिपक सुवेदीले ८ लाख १० हजार जापानी येन राहत दिने बताएका छन् । सुवेदी आवद्ध कर्लिम समाज र बिहुँकोट समाजले संयुक्त रुपमा ५ लाख तथा दुबै सस्ंथाको संयुक्त पहलमा ३ लाख १० हजार जापानी येन उपलब्ध गराएका छन् । एनआरएन जापानले सुरु गरेको भुकम्प उद्धार तथा सेवा समितिले जापानका विभिन्न स्थानमा भएको राहत कार्यक्रममा ४ लाख ७७ हजार जापानी येन संकलनमा भएको छ ।
त्यस्तै क्योदाई रेमिट्यान्सका अध्यक्ष युईचिरो किमोतो र प्रबन्ध निर्देशक कासीको किमोतोले संयुक्त रुपमा १ लाख जापानी येन राहत उपलब्ध गराएका छन् । त्यस्तै पिडितका लागि गोर्खाली समाज र टोकियो ब्रर्दश लगायतका संघसस्थांले पनि १ लाख ३० हजार जापानी येन संकलन गरेको जनाएका छन् । जनप्रगतिशिल समाजले १ लाख ,स्यांजा सम्पर्क समाजले १ लाख जापानी येन पिडितलाई राहत दिने बताएका छन् । अहिले जापानभर नेपालीले राहत संकलन कार्यलाई तिब्रता पारेका छन् । अध्ययन तथा रोजगार ,व्यापार व्यवसाय गर्ने सबैले राहत संकलनको नेतृत्व गरेका छन् ।
त्यस्तै पत्रकार महासंघ जापान शाखाले पनि राहत संकलन कार्यलाई कसरी व्यवस्थीत गर्ने र सस्थांले कसरी रकम उपलब्ध गराउने भन्ने बिषयमा छलफल गरेको अध्यक्ष तिलक मल्लले जानकारी गराउनु भएको छ । त्यस्तै देशका भिभिन्न स्थानबाट जापान आएकाहरुमध्ये सुदुरपश्चिमेली समाज, थकाली सेवा समाज, गुल्मी सेवा समाज र मनांग सोसाइटी लगाएतका संघसस्थाले प्रमुख स्टेशनमा गएर यात्रुहरु, घुम्न आएका पर्यटक तथा जापानीहरुलाई भुकम्पबाट भएको जनधनको क्षति तथा प्रभावितलाई सहयोग स्वरुप नगद तथा जिन्सी उपलब्ध गराउन आग्रह गरेका छन् । संकलित रकम गल्कोट सम्पर्क समाज बाहेक अन्य सघंसस्थाले राहत रकम केन्द्रीय दैविप्रकोप उद्धार समितिमा पठाउने जनाएका छन् ।
जापानस्थित नेपाली दुतावासले पनि राहत संकलनकार्यलाई तिब्रता दिएको बताएको छ । दुतावासको पहलमा जापान सरकारले सुविधासम्पन्न प्रविधिसहित ७० जनाको उद्धारटोलीलाई भुकम्प प्रभावित क्षेत्रमा पठाइसकेको छ । जापान सरकारले अहिलेसम्मकै बढी रकम ८० करोड डलर तत्कालका लागि उपलब्ध गराउने बताइसकेको छ । अहिले जापानी टोली उद्धार सामाग्री सहित काठमाडौस्थित बसपार्क आसपासमा खटिएको बताईएको छ ।