Published On:Monday, April 20, 2015
Posted by dadad

‘गैर जिम्मेवार र बदनियतपूर्ण संसोधन मान्दैनौँ’–पशुचिकित्सक

नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अनुसार पशु चिकित्सा विज्ञानमा कम्तीमा स्नातक गरेका व्यतिm मात्र पशु चिकित्सा परिषदमा दर्ता हुने र दर्तावाल पशु चिकित्सकको नियमन गर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रीपरिषद्ले यस ऐनको दफा ५ मा योग्यता नपुगेका व्यतिm पनि परिषदको सदस्य हुने गरि संशोधन विधेयक पारित गरि दर्तावाल पशु चिकित्सकहरुको उपहास गरेको भन्दै पशु चिकित्सकहरु अहिले आन्दोलनमा छन् । 

सरकारको निनर्णयलाई गैर जिम्मेवारी र वदनियतपूर्ण संशोधन भन्दै २०७१ चैत्र ९ गतेबाट चरणवद्ध रुपमा देशभरका सम्पूर्ण भेटेरिनरियनहरु आन्दोलनमा उत्रिएका छन् ।योग्यता पुगेको व्यक्तिलाई नियमनकारी भुमिकामा नियुक्ति गर्न भन्दै एक सुत्रिय माग सहित पशु चिकित्सकहरु आन्दोलनमा होमिएका हुन् । 

पढ्दै नपढेको व्यक्तिले पशु चिकित्सकहरुलाई नियमन गर्न नसक्ने भन्दै उनीहरुले दक्ष र योग्य व्यक्ति छनौट गर्न भनेको छ । नेपालीमाटो डटकमले नेपाल भेटेरेनरी एसोसियसनका महासचिव उमेश दाहालसँग यसै विषयमम कुराकानी गरेको छ । कुराकानीको संपादित अंश......


तपाईहरु दोस्रो चरणको आन्दोलन सम्म आउनुभयो, चैत २३ गतेपछिका दिनहरुमा तपाईहरुको माग स्थगन भएको छ । माग सम्बोधन हुन लागेको हो ?
–कृषि विकास मन्त्रालयले छलफल र वार्ता मार्फत समस्या समाधान गरौँ भनेर हामीलाई अनुरोध गर्यो । हामीले पनि वार्ताबाट समस्या सुल्झिने हो भने, ठिकै छ भन्यौँ । त्यसपछि २३ गतेपछि बैशाख ९ गतेसम्मका लागि हामीले आन्दोलन स्थगत गरेका छौँ । मन्त्री ज्यूले चाहने हो भने १ मिनेटमा समस्या सुल्झन्छ, तर कार्यकर्ता भर्ती गर्नका लागि पनि त्यो मान्न तयार छैनन् । कार्यकर्ता भर्ती गराउनकै लागि पारित भएको बिधेयकलाई हामी सफल हुन दिने छैनौँ ।

तपाईहरुले राख्नुभएको १ सुत्रिय माग बैशाख ९ गतेसम्ममा पनि सम्बोधन नभए त्यसको विकल्पमा के गर्नुहुन्छ ?
–हामीले लिखितदेखि मौखिक रुपमा बारम्बार माग सम्बोधन गरिदिन भनेर भनिरहेका छौँ । ९ गतेभित्र मागको सम्बोधन नभए तेस्रो चरणको आन्दोलनको विकल्प छैन । तेस्रो चरणको आन्दोलन देशव्यपि हुन्छ । त्यो कडाम पनि हुन्छ । देशभर भएका ८ सय भन्दा बढि पशुचिकित्सकहरु आन्दोलनमा उत्रनुको विकल्प छैन । त्यसको तयारीमा हामी छौँ ।

तपाईहरुको आन्दोलन कुन प्रकृतीको हुनेछ र आन्दोलनलाई कसरी व्यवस्थापन गर्ने सोँचमा हुनुहुन्छ ?
–विदेशबाट भित्रने पशुजन्य बस्तुहरु हामीले नै परिक्षण गर्नुपर्छ, हामी त्यो बन्द गछौँ । पशुहरुका लागि लगाईने विभिन्न भ्याक्सीनहरु हामीले नै बनाउँछौँ, त्यो बन्द गछौँ । विदेशबाट आउने प्रत्येक चल्लाका गाडीहरुमा भटरेनरी प्रमाणपत्र हुन्छ, त्यसको वास्था गर्न छाड्छौँ ।
यतिले पनि भएन भने अझै ससक्त ढंगले आन्दोलनका कार्यक्रम हामी अघि बढाउँछौ । आन्दोलनलाई ससक्त बनाउनका दागि एसोसियसनका अध्यइा रामकृष्ण खतिवडाको संयोजकत्वमा संघर्ष समिति बनेको छ । तेस्रो चरणको आन्दोलनका लागि छलफल गर्दै छौँ ।

तपाईहरुको आन्दोलनले सार्थकता पाउने सम्भावना कत्तिको देख्नुभएको छ ?
–हाम्रो नासायज माग छैन । जायज मागको पनि सम्बोधन हुँदैन भने, हामी पनि त्यतिकै चुप बस्नेवाला छैनौँ । पदकै लागी हो भने छुट्टै काउन्सिल गठन गरे हुन्छ, त्यसमा हाम्रो कुनै विरोध छैन । 

तपाईहरुले विभिन्न चरणका आन्दोलन गर्दै यहाँसम्म आउनुभएको छ । तपाईहरुले खास के माग लिएर आन्दोलनलाई अगाडी बढाउनुभएको हो ?
–हाम्रो सम्बोधन नै गर्न नसकिने त्यति ठूलो माग छैन । हाम्रो भनाई नियमन निकायमा दक्ष व्यक्तित्व आउनुपर्यो भन्ने हो । सामान्य लेखपढ गर्नेले टि.यू.को लेक्चरललाई नियमन गर्न सकिँदैन भन्ने हाम्रो स्पष्ट भनाई छ । यहि एक सुत्रिय माग लिएर हामी आन्दोलननमा होमिएका हौँ । आन्दोल दोस्रो चरणसम्मको भैसकेको छ । आन्दोलनका क्रममा प्रहरी दमन सम्मका घटनालाई हामीले सामना गरिसकेका छौँ बैशाख ९ पछि हामी चुप बस्दैनौँ ।

पशु चिकित्सकहरुलाई रेगुलेशन गर्ने संस्थाका रुपमा २०५७ पछि नियमाली बनेपछि पशु चिकित्सा परिषद रह्यो । परिषद कुन रुपमा हुनुपर्ने हो उसोभए ?
–अहिले सहायक स्तरका कर्मचारी, ग्रामिण स्तरका पशु स्वास्थ्यकर्मीहरुलाई पनि कार्यकारिणी समितिमा राख्न ऐन संसोधको प्रयास गरियो । कक्षा ८ पास गरेकाले टि.यू का लेक्चरललाई नियमन गर्न सक्छ र ? सक्दैन नी ? हाम्रो भनाई परिषदमा डाक्टर पढेर नै ढाक्टर बनेकाहरुभन्दा बढि सक्षम भएकाहरुलाई ल्याउनुपर्यो भन्ने हो  । 
हातमा गन्न सकिने साउथ अफ्रिका लगगायत देशहरुमा रहेको व्यवस्थालाई हामी नेपाल भित्रन दिँदैनौँ । पद नै चाहिएको भए छुट्टै काउन्सिल बनाए हुन्छ । योग्यता नपुगेकालाई हामी समान स्थानमा ल्याएर थपक्क राख्न सक्दैनौँ ।

0 comments for "‘गैर जिम्मेवार र बदनियतपूर्ण संसोधन मान्दैनौँ’–पशुचिकित्सक"

Leave a reply

    Popular Posts

    Blog Archive