Published On:Tuesday, April 21, 2015
Posted by my storry

नेपाली माटोलाई विर्सेर गीतसंगीत सृजना हुनै सक्दैन

नेपाली माटोलाई विर्सेर गीतसंगीत सृजना हुनै सक्दैन
१२ वर्षे यात्रामा धन हैन मन कमाएका कस्तुप पन्त, 
जन्मदिनको शुभकामना
कस्तुप पन्त
प्रहरीको ड्रेस उतारेको १२ वर्ष भएछ फेरी लगाउने रहर लागेको छैन । सरकारी जागीरे भएर ६ वर्ष काम गर्दा सर्जक कस्तुप पन्तलाई जीवनको अर्थ नभेटेजस्तो लाग्यो । अवुदावी पुलिस फोर्समा जाने सोच पालेका पन्तलाई गीतसंगीतको लगामले नेपाल छड्नै दिएन । २०६० सालदेखी औपचारीक र व्यवसायिक गीतसंगीतको क्षेत्रमा संलग्न पन्तका ५ सय सृजना वजारमा आएका छन् । लोकगीतबाट आप्mनो यात्रा थालेका पन्तले १ सय भन्दा बढि आधुनीक गीत लेखेका छन् । 

नेपाली लोक गीतसंगीतको चर्चा उचाईमा पुगेकै समयमा संगीत उद्योगमा छिरेका कस्तुप पन्तले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । पछि फर्केर हेर्छन त उनले आफु उचाईमा पुग्नका लागि साथ र सहयोग गर्ने जीवन संगीनी, सहकर्मी, सहयात्री र सहयोगीलाई आप्mनै दौडमा सामेल वनाउनका लागि मात्र । 

प्रहरी जवान वनेर सरकारी जागीरे भएर ६ वर्ष काम गर्दा सर्जक कस्तुप पन्तलाई जीवनको अर्थ नभेटेजस्तो लाग्यो । त्यसै वेला उनमा फरक खालको भोक जाग्यो फलस्वरुप नेपाल र नेपालीको परिवेशसंग मेल खाने अधिकासं नेपालीको जीवनको भोगाई समेटिएका गीतको सृजना भयो । नेपाली संगीतको १२ वर्षे यात्रामा पछाडी फर्केर हेर्न नपरेका पन्तसंग सम्पादक संगम महतले गरेको कुराकानी 

१) हुँदा खाँदाको सरकारी जागिर छाडेर गीत संगितमा लाग्न तपाईलाई के ले तान्यो ?
      –म आवुदावी पुलिस फोर्षमा जानका लागि नेपाल प्रहरीको जागिछ छाडेर हिँडेको हुँ । आफु जेठो सन्तान भएको हुनाले पनि धेरै व्यवहारिक बोझले गर्दा पनि विदेशी भुमितिरै लम्किने सोचले काठमाडौं आएँ । राजधानी प्रवेशपछि बीचको खाली समयलाई सदुपयोग गर्दै मैले पहिलो गीत निकालेको हुँ । लोक दाहोरी सानै देखि मन पराउने हुँदाखेरी यो क्षेत्रमा लागेको हुँ । म प्रवेशको समय बास्तवमै स्वर्णिम समय थियो ।

२) नेपाल प्रहरीमा बहालवाला हुँदैखेरी बैदेशिक रोजगारीमा तपाईले प्रोसेस अघि बढाउनुभयो, एउटा जीवन              तपाई आफु बाँच्नुभाछ, करीब २ करोड ६६ लाख जनसंख्याको जीवन दर्शनलाई गीत संगितमार्फत तपाईले        कसरी समेट्न सक्नुहुन्छ ?
    –गीत संगित सिर्जना गर्दा आफ्नो जीवन भन्दा पनि त्यस्ता थुप्रै जीवनसँग मेल खाने विषय र साथिसँग बसिरहँदा पनि उनीहरुले गरेका कुरा, उनीहरुको भावनासँग खेल्न सक्ने, तिनिहरुभित्र रहन र ती मनहरुसँग अटाउन सक्यो भने सबैको जीवनलाई प्रतिनिधित्व गराउन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएर मैले सिर्जना गर्ने गर्दछु ।
मेरो सुरुको गीत बाग्लुङ कालिका भन्ने भेगीय गीत हो । त्यसको ठाउँमा सायद अर्कै नाम राखेको भए, सायद त्यो गीत देशव्यापी हुन्थ्यो होला । त्यो लगत्तै दोस्रो गीत भैले फुलको थुँगामा निकालेँ । अहिले लाखौँको दिलको डुंगामा बस्न सफल भएको छु ।

३)गीत संगितको १२ वर्षको यात्रामा कहिले थकाई लाग्यो की लागेन ?
    बैंसालु जवानीको अवस्थामै सबै कुरा गीत संगितमा होमिसकेपछि त, म थाक्ने कुरा नै भएन नी, अझै पनि म जोसिले पाराले नै यो क्षेत्रमा क्रियासिल नै छु । मेरा हरेक दुःख सुखलाई मैले गीतसंगितमै समर्पित गरिसकेको छु, म त्यति धेरै नैरास्यता छाउने मान्छे चाँही होईन । कुनै पनि काममा दुःख परेको बेलामा आत्तिनु र सुखको बेलामा आत्तिनु हुँदैन ।
४) क्यासेटको जमानामा तपाई गीत संगितमा प्रवेश गर्नुभयो, अहिले सांगितिक बजार डिजिटल भैसकेको छ ।        यो बीचको समयलाई आर्थिक देखि हरेक पाटोलाई तपाईले कसरी नियाल्नुभयो ?
    –म २०६० सालमा आउँदा अडियोको ब्यापार बेस्करी थियो, जुन अडियो हामीले प्याक गरेर पनि पठाउन सक्दैन थियौँ । त्यो समयसँग जुध्दै मैले आफैँले व्यवसायीक कम्पनी खोलेर आफैँ पनि क्यासेट बेचेँ । २०६४ सालपछि सीआरबीटी र पीआरबीटीबाट सुरु भएको अहिलेको डिजिटल मार्केटबाट नै हामीजस्ता श्रष्टाहरु बाँचेका छौँ । हाम्रा दाजुभाईहरु जति विदेश जानुभएको छ, नेपालमा भन्दा पनि विदेशमा रहनुभएका उहाँहरु अहिले बढि हाम्रो गीत संगितको पहुँचमा हुनुहुन्छ । यो सबै डिजिटल मार्केटकै देन हो । यसैमा कम्पनीको हिसाबले बाँचेका हौँ, कलाकारको हिसावले बाँच्ने सम्भावना अहिले देखिँदैन । आर्थिक पाटोबाट हेर्ने हो भने, हिजोका दिनमा बजारमा पैसा फस्छ की भन्ने डर हुने भएकाले असुरक्षित लगानी थियो भने कमसेकम अहिले डिजिटल मार्केटल केहि सुरक्षित बनाएको जस्तो लाग्छ ।
५) एउटा कलाकारले गीतसंगितमा आफुलाई रहिरहन र स्थापित गर्नका लागि गर्नुपर्ने कामहरु चाँही के के हुन् ?
   –साधना र ज्ञानले नै यो क्षेत्रमा अब्बल र स्थापित रहिरहन बद्धत पुर्याउँछ । आज म यो स्थानमा आईपुग्न र सफल हुनुमा पनि त्यहि साधनाको देन हो । मैले गीत संगितको यात्रामा ५ सय भन्दा बढि आधुनिक तथा लोक गीतको सिर्जना गरिसकेको छु । म सधै गाउँ घर, पाखा पखेरा समकालिन नेपाली समाजको अवस्था, नेपाली पन, नेपाली मन र नेपाली माटो सुहाउँदो शब्द, लय र संगीत भर्ने प्रयत्नमा तल्लिन हुने गर्दछु जुन आम कलाकार, सर्जक र संगीतकारले गर्नुपर्ने काम हो ।  
६) लोकगीत मार्फत तपाइैले सांगितिक यात्राको सुरुवात गर्नुभयो र आधुनिकतिर फड्को मार्नुभयो, यसमा खास के रहेछ समयको माग वा अरु कुनै ?
–सिर्जनाको कुनै आकार प्रकार नै हुँदैन । हामी लामो दोहारी गीत लेखेर आएको मान्छे, अहिले आधुनिक गित जति नै गित सिर्जना गर्नुपर्ने बेला आयो । पहिले दोहोरी गित २२ मिनेटसम्मका हुन्थे अहिले ४–५ मिनेटमै सक्याउनुपर्छ । अहिले सरल साहित्यलाई बढि ध्यान दिन्छौँ हामी । किनकी हामीले लेखेका गीतहरु खेतीकिसान गर्ने दाजुबाईदेखी प्राचार्यसम्मको प्रतिनिधित्व गर्ने खालका हुनुपर्छ ।
७) सिर्जना गर्ने विषयलाई काल परिस्थिति, समय, सन्दर्भ, अवस्था लगायत पक्षले कत्तिको असर गर्छ ?
–विशेषगरी हामी समयकालीन सिर्जना गर्ने मान्छे हो । हो देश काल परिस्थिती र वातावरणले असर पार्छनै । समय सन्दर्भसंग चल्नु आवश्यक छ । पहिले गीत २२ मिनटलगाएर गीत कपि गर्नुपर्ने थियो भने अहिले ५ सेकेन्डमा हुन्छ । हामी प्रविधीसंगै बदलिनसकेका छैन हाम्रो समस्या हो । 
 ८) प्रविधीको प्रयोगसंगै गीतसंगीतमा गहनता नरहेको भन्ने आरोप छ । 
हो कतिपय सन्र्दभमा यो आरोप हैन सत्य नै हो । तर कुरा के हो भने सवै त्यही हो भन्ने होईन । एक आध यस्तो भएको छ फेरी जहाँ होचो त्यही घोँचो भनेजस्तो कमजोरी भएको ठाउँमा सवैको आखा पुग्छन् । यो सवै विस्तारै मिल्दै जान्छ । 
९) तपाईको पढाई ः विए पढेको छु 
१०)  घरमा को को हुनुहुन्छ ः वुवा आमा, हजुरआमा, श्रीमती, दुई छोरा एक छोरी
११)  घरको पनि जिम्मेवारी वहन गर्नुपर्ने रैछ है ? ः हो तर अहिले घरभन्दा बढि संगीतलाई माथी उठाने जिम्मेवारी बढी जस्तो लाग्छ । 
१२)  रोयल्टी दिने विषय ः रोयल्टीको विषय राम्रो हो तर सरकारी नीति नियम कडा नभएका कारण रोयल्टीको काम राम्रोसंग हुन सकेको छैन । तर काम हुँदै छ निरास भैहाल्ने अवस्था छैन । 
१३) एउटा कलाकारलाई सफलता हात पार्न आवश्यक कुरा के हो ? कलाकारमा सर्वप्रथम कला सिप, क्षमता र दक्षता आवश्यक छ । यो संगै पारिवारीक सहयोग र स्रोता दर्शकको साथ उक्तिकै आवश्यकता छ । 
१४) के तपाईको श्रीमतीपनि सांगीतीक क्षेत्रकै हो ? 
होईन, उनी विल्कुल गृहणी हुन तर अहिले हाम्रो कम्पनी सारथी म्यूजिक कम्पनीलाई अगाडी बढाईरहेकी छन् । 
 १५) वर्षको साँगीतिक यात्रा र तपाईकै जीवनको कुनै क्षण जो बढि पिडादायी छ । 
खास त्यस्तो केही छैन । तर राम्रो संगीतको सृजना गरेपनि सर्जकले राम्रो स्थान नपाउँदाका केही कुराहरु छन् । तर जीवनमा खास त्यस्तो केही छैन । 

१६)  नेपालीको जीवनको भोगाई समेटिएका गीतको सृजना भयो । नेपाली संगीतको १२ वर्षे यात्रामा पछाडी फर्केर हेर्न नपरेका पन्तसंग सम्पादक संगम महतले गरेको कुराकानी 

0 comments for "नेपाली माटोलाई विर्सेर गीतसंगीत सृजना हुनै सक्दैन"

Leave a reply

    Popular Posts

    Blog Archive