Published On:Thursday, April 16, 2015
Posted by dadad

थापाको राजकीय सम्मानका साथ अाज अन्त्येष्टी

४ वैशाख, काठमाण्डौ । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टी गर्ने भएको छ । उनको भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

पञ्चायत र प्रजातान्त्रिककालमा गरी पाँच पटक प्रधानमन्त्री भएका ८९ वर्षीय थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामा निधन भएको हो । छ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।

उनको पार्थिव शरिर बिहीबार साँझ पौने सात बजे इन्डियन एयरफोर्सको बिषेश विमानबाट राजधानी ल्याइएको थियो ।

0 comments for "थापाको राजकीय सम्मानका साथ अाज अन्त्येष्टी"

Leave a reply

    Popular Posts

    Blog Archive