Published On:Wednesday, April 22, 2015
Posted by dadad
हिजो अचानक म मरे…: दिपकराज गिरी
काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार दिपकराज गिरीले आफ्नो नाम जोडिएका व्यक्तिको निधनको विषयमा झुुक्किएका शुभचिन्तकहरुलाई आफू सकुशल रहेको बताएका छन् ।
मंगलबार काभ्रेमा भएको मोटरसाईकल दुर्घटनामा द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दिपकराज गिरीको मृत्यु भएको समाचारपछि धेरैले हाँस्यकलाकार गिरीलाई सम्झिएका थिए ।
सोही विषयलाई लिएर हाँस्य कलाकार गिरीलाई समेत फोनसमेत आएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रममा परेका शुभचिन्तकहरुलाई आफू नभई आफूसँगै नाम जोगिएको व्यक्ति परेको स्पष्टिकरण दिएका हुन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘दिपकराज गिरी नामक व्यक्तिको निधन भएको हो, तर म होइन ।’
साथै चर्चित कलाकार गिरीले साँच्चिकै निधन भएका दिपकराज गिरीप्रति समवेदना समेत व्यक्त गरेका छन् ।