Published On:Tuesday, April 21, 2015
Posted by my storry
छन्दबादी र दधि स्मृतिले मनाए छन्द दिवस २०७२
नव वर्ष २०७२ सालको सुरुवात संगै छन्द दिवसको अवसर पारी दर्जनौं साहित्यिक स्रष्टाहरुलाई छन्दवादी समाज नेपाल र दधि स्मृति साहित्य समाज कपिलवस्तुले यहि बैशाख ८ गते सम्मान गरेको छ । छन्द महोत्सब राष्ट्रिय स्रष्टा सम्मान आदिकवि भानुभक्त आचार्य सप्तऋषिहरुको मूर्ति अनावरण, कृति बिमोचन तथा छन्द विज्ञान अवधारण पत्र लोकार्पण नाम दिइएको कार्यक्रम कपिलवस्तु जिल्ला बाणगंगा न.पा.१४ कपिल आरोग्य धाम चौवाहमा सम्पन्न भयो ।
प्रमुख अतिथि पूर्व शिक्षामन्त्रि तथा प्रगतिवादी कवि मोदनाथ प्रश्रितको विहान १० बजे आगमन संगै मनकामना संस्कृत विद्यापीठका वटुकहरु द्धारा बिधिवत स्वस्तिवाचन संगै पानसमा दियो बालेर सुरुभएको कार्यक्रममा सुरुमै कवि सूर्य प्रसाद भूसालको कविताले स्वागत मन्तब्य हुँदा साहित्यिक रसपान सुरुमै भएको अनुभूति दर्शकले पाएका थिए । दर्जनौं कवि कवयत्रिहरुका छन्दोबद्ध कविताले नाचुनाचु मानेका दर्शकले रुपन्देहीका कवि रुद्र ज्ञवालीको कविता सुन्दा मन थाम्न सकेनन । बढ्दो आधुनिक युगले मान्छेलाई ब्यस्त बनाइराखेको अवस्थामा पनि कविता श्रवण गर्न आउनेको उत्साह देख्दा लाग्थ्यो साँच्चै कपिलवस्तु छन्दमय बनेको छ भन्ने आभास भइराखेको थियो । कार्यक्रमको बीच भागमा प्रकट हुनुभएका सम्मानित स्रष्टा कविवर भरतराज पिडितले सुनाएका हृदयस्पर्सी कविताले मान्छेलाई आध्यात्मिकता र बैराग्यको बाटोतीर धकेलेको आभास दिलाइराखेको थियो । लगत्तै युवा गजलकार के. बी धुँवालेको गजल गायन कला पनि छन्द महोत्सकको एउटा कडि बन्न पुग्यो । देशैभरी धार्मिक सहिष्णुताको खडेरी परेको यो धरातलमा मुस्लिम कवि मूमिनको शिव भगवान प्रति लक्षित गरी बनाइएको कविता अहिलेको अवस्थालाई कतै समेट्न खोजेको अनुभुत हुदै थिो ।
छन्दवादी समाजका संस्थापक अध्यक्ष तथा संरक्षक युवा कवि कविराज पौडेलको छन्द विज्ञान अधारणा पत्र लोकार्पण पछि अवधारणपत्र माथि टिप्पणि गर्न गएका संस्कृतका विद्वान संस्कृतिबिद कवि विष्णुराज आत्रेय लाटोसाथीले छन्दलाई वेदकालिन समय देखि अहिले सम्म अविछिन्न बचाउदै आएको देश नेपालमात्र भएको र अरु देशमा छन्दमा लेख्ने परम्परा लुब्धप्राय भएको सुन्दा साँच्चै नेपाल भूमि छन्द बाङ्मयलाई बचाउन साधनारत रहेको कुरा ज्ञात भयो ।
वैशाख ७ गते ४ बजेबाटै कविता अन्ताक्षरी र रचनाबाचन बाट सुरु भएको कार्यक्रममा छन्दवादी समाज नेपालबाट ७ जना स्रष्टा र दधि स्मृति साहित्य समाज कलिवस्तुबाट १५ शीर्षकमा छन्दमा कलमा चलाउने तथा साहित्यका अरु विधालाइ समेत श्री बृद्धि गर्ने कवि साहित्यकारहरु रुद्र ज्ञवाली रुपन्देही छन्द सारथी साहित्य सम्मान २०७२ डा. शिव पौडेल रुपन्देही राष्ट्रिय साहित्य सम्मान २०७२ कविराज पौडेल रुपन्देही छन्द महारथी साहित्य सम्मान २०७२ हरीराज शर्भा हरास कपिलवस्तु छन्द उन्नायक साहित्य सम्मान २०७२ भरतराज पिडित पौडेल नवलपरासी छन्द अभियन्ता साहित्य सम्मान २०७२ आत्माराम आचार्य कपिलवस्तु छन्द प्रतिभा साहित्य सम्मान २०७२ पुनाराम गिरी कपिलवस्तु काब्य साधक साहित्य सम्मान २०७२ कुमोद पाण्डे अर्घाखाँचि छन्द प्रोत्साहन बाल प्राची साहित्य सम्मान तथा पुरस्कार २०७२ आदि संगै साहित्यको प्रवर्धनमा कटिबद्ध साहित्यिक संस्थाहरु युगिन साहित्य समाज रुपन्देही साहित्य प्रर्वधन सम्मान २०७२ पोखराथोका साहित्य समाज पाल्पा साहित्य प्रर्वधन सम्मान २०७२ शिवगढी साहित्य संगम कपिलवस्तु साहित्य प्रर्वधन सम्मान २०७२ र साहित्य तथा बर्तमान अवस्थामा गजल तथा मुक्तकमा नयाँ प्रयोगका थालनी गरेका नव स्रटा तथा कपिलवस्तुका गजलकार समीर सायरलाई पनि साहित्य प्रोत्साहन पुरस्कार र लेखनाथ धिमिरेलाई संस्थालाई योगदान पुर्याए बापत पुरस्कार प्रदान गरियो ।
दर्जनौ छन्द कविता श्रवण गर्दै गर्दा बिच बिचमा आउने गजल मुक्तकले कार्यक्रमको तौल अतुलनीय बनेको थिायो सधै छन्द हुँदा अरु विधाको रसास्वादन गर्न नपाएका स्रोता दर्शकले रोमाञ्चित तरीकाले साहित्यकको मधुपान गरेको हुनुपर्छ भन्ने महसुस भएको थियो । कार्यक्रममा प्रमुख अतिथिीको उद्बोधन दिदै प्रगतिबादी कवि मोदनाथ प्रश्रितले यो छन्द महोत्सब तथा स्रक्ष्टा सम्मान कार्यक्रम देशकै नमुना तथा राष्ट्रिय कार्यक्रम भएको र यसले कपिलवस्तुलाई साहित्यिक भूमि हो भन्ने कुराको पनि पुनः पुष्टि भएको समेत जानकारी गराउनु भयो ।
कार्यक्रम दुई खण्डमा बिभाजन गरि चलाइएको मा पहिलो खण्ड कार्यक्रम छन्दवादीका अध्यक्ष ऋषिकेशव भारद्धाजको अध्यक्षता र कृष्ण डूम्रेको संचालनमा सम्पन्न भएको थियो भने दोस्रो खण्ड दधि स्मृति साहित्य समाजका बालक बबुरो कमल पौडेलले सञ्चालन गर्नुभएको थियो ।