Published On:Wednesday, April 29, 2015
Posted by my storry
भलिबलका मुख्य प्रशिक्षक श्रेष्ठको मृत्यु
काठमाडौँ, वैशाख १६ ।
गत शनिबार गएको विनाशकारी भूकम्पमा परी राष्ट्रिय भलिबल खेलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको विनाशकारी भूकम्पमा परी मृत्यु भएको छ । कलङ्कीस्थित आप्mनै निवासमा घरले थिचिएर श्रेष्ठको मृत्यु भएको राष्ट्रिय भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । श्रेष्ठको मृत्युले भलिबल खेलमात्र नभई सिङ्गो खेलकुद क्षेत्रलाई क्षति पुगेको भन्दै महासचिव चन्दले प्रकृतिभन्दा ठूलो अरू केही नहुने बताए ।
श्रेष्ठको शोकमा वैशाखमै हुने भनिएको महिला क्लब च्याम्पियनसीप प्रतियोगिता स्थगित समेत गरेको जानकारी दिए । ५६ वर्षीय श्रेष्ठको श्रीमतीसँगै दुई छोरा छन् । मुख्य प्रशिक्षक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडी समेत थिए । उनको सहभागितामा नेपालले अन्तर्राष्ट्रिय पदक हासिल गर्न नसके तापनि राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा पदक हासिल गरेको थियो ।
त्यस्तै विनाशकारी भूकम्पबाट नै बक्सिङ खलाडी दीपक महर्जनले आप्mनो आमा, दाजु, भाउजु र भतिजीलाई गुमाएका छन् । बक्सिङ खेलाडी महर्जनको संलग्नतामा नेपालले सन् २०१० मा चीनको ग्वाङजाउमा भएको १६ औँ एसियाली खेलकुद प्रतियोगितामा एकमात्र कास्य पदक जितेको थियो ।