Published On:Monday, April 20, 2015
Posted by my storry

क्यान्सर पिडित लाई रकम अभावमा उपचारमा समस्या

अनिल खत्री, गुल्मी बैसाख ७
गत ५ महिना देखि चितवन स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्दै आएका नेपालीले आर्थिक अभावका कारण थप उपचारमा समस्या आएपछि सहयोग गरिदिन आग्रह गरेका छन । नेपालीले भने “डाक्टरहरुका अनुसार क्यान्सर लागेको खुट्टाको अप्रेसन गरेर काट्नु पर्ने हुदाँ ३ लाख देखि ४ लाख सम्म रकम लाग्छ तर त्यो रकम आफनो सबै सम्पती बेच्दा पनि नपुग्ने बताए” । गहभरि आसु झार्दै उनले भने काम गरेर कमाउने यो उमेरमा यस्तो ठुलो रोग लागेयो रोगले धनी गरिव भन्दो रहेनछ के गर्ने सबैको सानो–सानो सहयोगमा मेरो जिवन बाच्ने थियो त्यासैले सबै नेपाली दाजु भाईले सहयोग गरेर आफनो जिवन बचाई दिन आग्रह  गरे । गाँउमा ज्याला मजदुरी गर्दै आएका बृद्ध क्यान्सर पिडित मंगल नेपालीका बुवा कर्न कहादुर नेपालीले छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक हैसियत कमजोर भएका कारण सवैलाई उपचारको लागि सहयोग प्रदान गर्न अनुरोध गर्नुभयो ।
नेपालीेका अनुसार आफू सक्दो सहयोग गर्न र थप जानकारीका लागि ९८४७४९१५४७ मा सम्पर्क गर्न सकिने बताए ।
÷ दाँया खुट्टामा क्यान्सर रोग लागेर बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरपुर चितवन उपचार गराइ रहेका गुल्मी हस्तिचौर –६ का कर्न कहादुर नेपालीका छोरा २३ वर्षका मंगल नेपालीलाई आर्थीक अभावका कारण थप उपचार गर्न समस्या भएको छ । गाँउमा ज्याला मजदुरी काम गर्दै आएका नेपालीको उपचारमा ठुलो रकम लाग्ने भएसगै आर्थिक अभावका कारण उपचारमा मसस्या आएको हो ।

0 comments for "क्यान्सर पिडित लाई रकम अभावमा उपचारमा समस्या "

Leave a reply

    Popular Posts

    Blog Archive