Published On:Monday, April 20, 2015
Posted by my storry
कांग्रेसका दुईथरि मौरी छन् ः उपसभापति पौडेल
वैशाख ७, काठमाण्डौ
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा दुईथरि मौरी रहेको बताउनुभयो । न् । उहाँले तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसमा रहेका भाले मौरीले बसेरमा मात्र खाएको बताउनुभयो । उहाँले आफुले पार्टी र संगठनमा पोथी मौरीले जस्तै दुख गरेको र गरिरहने बताउनुभयो । उपसभापति पौडेलले भन्नुभयो– ‘नेपाली कांग्रेसका दुईथरि मौरी छन्, एकथरि भाले मौरी जस्ता जो बसेरमा मात्र खाने, अर्को थरि पोथी मौरी जस्ता सधै काम गरिरहने ।’

उपसभापति पौडेलले आफु सधै पार्टी भित्र भागबण्डाको राजनीतिको बिरोधमा रहेको बताउदै पार्टीको १३ औं महाधिवेशनमा आफु भागबण्डाको राजनीतिक अन्त्य गर्ने तर्फ लाग्ने स्पष्ट पार्नुभयो ।
उहाँले एमाओवादी लचक भएकाले संविधान लेखन प्रक्रिया अब सहमतिमा नै बढ्ने समेत दाबि गर्नुभयो । उहाँले भन्नुभयो– ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जी संविधान लेखनका लागि अत्यन्तै सकारात्मक देखिएको मैले पाएको छु, अब सहमतिमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्छ ।