Published On:Saturday, April 18, 2015
Posted by my storry

अडिटरहरुलाई चार्टर्ड एकाउण्टेण्टसरह अधिकार चहिन्छ

५ बैशाख,

नेपाल अडिटर्स एशोसिएशन (अडान) का बरिष्ठ केन्द्रीय उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले नेपालका रजिष्टर्ड अडिटर (आरए) हरुलाई चार्टर्ड एकाउण्टेण्टहरु सरह अधिकारसम्पन्न बनाउन आफुहरु क्रियाशिल रहने बताउनुभएको छ ।


चित्तवनमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को तीन दिने अनवरत पेशागत शिक्षा तालीम उदघाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
आइक्यानको सातौं काउन्सिलका उम्मेदवारसमेत रहेका अधिकारीले नेपालको कानून र आइक्यानको संरचना नै विभेदकारी भएको कारण लेखापरीक्षकहरुलाई मर्का परेको बताउदै त्यसलाई हल गर्नका लागि आफुहरु संस्थागत रुपमा नै निर्वाचनमा होमिनुपरेको बताउनुभयो ।
आफुलगायत यादव न्यौपाने, ध्रुव पौडेल र गणेश राईलाई विजयी बनाएर लेखापरीक्षकहरुको अधिकार, कर्तव्य र क्षमतावृद्धिका लागि सहयोग गर्न अधिकारीले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अडानका प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदीले आइक्यानलाई आरएमैत्री बनाउन आफुहरुले हरसम्भव प्रयास गरेको बताउदै आगामी काउन्सिलले त्यसलाई पूर्णता दिने बताउनुभयो ।
अडानका केन्द्रीय उपाध्यक्ष तथा आइक्यान पांचौ काउन्सिल सदस्य कृष्ण पौडेलले मुलुकभरका सबै लेखापरीक्षकहरुले अडानका चारै उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाएर पेशागत एकता र सामथ्र्यता देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अडान पूर्व केन्द्रीय उपाध्यक्ष माधव पराजुली, केन्द्रीय सदस्य रामजी अधिकारी, मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष केशव पौडेल, पूर्व केन्द्रीय सदस्य शरद बर्तौलालगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता चित्तवन जिल्ला अध्यक्ष देवी डल्लाकोटी र सहजीकरण उपाध्यक्ष ढाकानाथ पौडेलले गर्नुभएको थियो । तालीममा चित्तवन, नवलपरासी, गोरखा, लमजुङलगायत जिल्लाहरुबाट एक सय लेखापरीक्षकहरुको सहभागिता रहेको छ । तालीमको आयोजना प्रोफेसनल सोलुसन र व्यवस्थापन अडान चित्तवनले गरिरहेको छ ।

कृष्ण पौडेल, चित्तवनबाट ।

0 comments for "अडिटरहरुलाई चार्टर्ड एकाउण्टेण्टसरह अधिकार चहिन्छ"

Leave a reply

    Popular Posts

    Blog Archive