धादिङ सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुग्यो
वैशाख ९ – धादिङको नागढुंगा नजिकै झ्याप्ले खोलामा बुधबार बिहान भारतीय पर्यटक बोकेको गाडी पल्टिँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
नेपालका विभिन्न पर्यटकीय स्थानको अवलोकन पछि काठमाडौंका धार्मीक स्थलहरुको अवलोकनका लागि आउँदै गरेको जी जे १४ एफ ९९०० नम्बरको गाडी बिहान ७ बजेतिर पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ ।
मृतकमध्ये ७ जना महिला र ५ जना पुरुष रहेको घटनास्थलमै मृत्यउु भएको प्रहरी नायक उपरिक्षक श्याम खत्रीले बताए ।
गम्भीर ६ जना घाइतेलाई काठमाडौंको नर्भिक र टिचिङ अस्पताल महाराजगञ्ज पठाइएको खत्रीले जानकारी दिए ।
सामान्य घाइते भएका केही यात्रुहरु हिंडेरै माथि उक्लिएका स्थानीयले जानकारी दिए । बसको अगाडिको भाग घोप्टो परेर बसेकोले त्यहाँ पनि केही शव वा घाइते हुनसक्ने खत्रीले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य जारी रहेको छ ।