Published On:Wednesday, April 29, 2015
Posted by dadad
सडकमा थुप्रिएको फोहर महानगरपालिकाले उठाउन थाल्यो
काठमाडौँ, वैशाख १६ । काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको फोहर बुधबारदेखि उठाउन सुरु गरेको छ । शनिबार गएको विनाशकारी भूकम्पका कारण महानगरपालिकाले व्यवस्थापन गनए नसक्दा सडकमा सङ्कलन भएको फोहरले दुर्घन्ध फैल्याउन थालेको थियो ।
भूकम्पको त्रासले अस्तव्यस्त काठमाडौँको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहर जथाभावी थुप्रिएको थियो । सडकमा जम्मा भएका फोहरले दुर्गन्ध फैलाउँदै जान थालेकाले बटुवा तथा पैदलयात्रीलाई समस्या परेको थियो ।
टँुडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको छ ।
समयमा फोहर व्यस्थापन नभए वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न लागिएको महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले बताए ।
बौद्ध, जोरपाटी, नयाँबानेश्वरलगायतका स्थानबाट करिब एक हजार मेट्रिक टन फोहर उठाएर टेकुस्थित फोहर सङ्कलन केन्द्रमा जम्मा गरिएको त्यसलाई बिहीबार ल्यान्डफिल्ड साइटमा पु¥याइने उनले बताए ।