कायरो, ८ वैशाख ।

दुई वर्षअघि अपदस्थ गरिएका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्ड दिइनसक्ने खतरा रहेको समाचार छ । प्राप्त समाचारमा इजिप्टको एक अदालतले उहाँ विरुद्धको मुद्दामा आज फैसला सुनाउँदै छ । सो मुद्दाको पैmसलामा उक्त अदालतले उहाँलाई मृत्युदण्डको सजाय हुन पनि सक्ने अनुमान गरिएको छ । उहाँलाई आतङ्कवादका साथै सन् २०१२ मा भएको विरोध प्रदर्शनका क्रममा उहाँको आदेशमा कयौं नागरिकको हत्या गरिएको भनी सो आरोप लगाइएको छ ।
उहाँलाई इजिप्टको सेनाले राष्ट्रपतिबाट अपदस्थ गरेको थियो । रासस÷एएफपी