Published On:Wednesday, April 22, 2015
Posted by my storry
भारतीय पर्यटक बोकेको गाडी पल्टिँदा मृत्यु हुनेको संख्या १७ पुग्यो
![]() |
फोटो फेसवुकबाट |
वैशाख ९, धादिङको नागढुंगा नजिकै झ्याप्ले खोलामा बुधबार बिहान भारतीय पर्यटक बोकेको गाडी पल्टिँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
भारतीय तीर्थयात्री बोकेको जीजे १४ एक्स ९९०० भारतीय बस नौबिसेको ओरालोमा दुर्घटना भएको थियो ।
मृतकमध्ये ८ महिला र ९ पुरुष रहेको जिल्ला प्रहरी कार्यलय । धादिङले जानकारी दिएको छ । १४ को घटनास्थल र २ जनाको काठमाडौं उपचार ल्याउने क्रममा र एक जनाको अस्पतालमा उपचाकरा क्रममा निधन भएको हो ।
दुर्घटनामा घाइते २८ को काठमाडौंमा रहेका विभिन्न असपतालमा उपचार भैरहको छ ।
बसमा पशुपति दर्शन गरेर फर्किएका भारतीय नागरिक सवार थिए ।