Published On:Tuesday, April 28, 2015
Posted by my storry

भूकम्प, स्वास्थ्य समस्या र समाधान


काठमाडौं, १५ वैशाख । 
भुकम्पको वरिपरिको समयमा सकेसम्म उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाउन जनस्वास्थ्य विशेषज्ञहरुले आग्रह गरेका छन् । भुकम्पको समयमा जनजीवन अस्तव्यस्त हुने भएकोले खाना र पानीजन्य प्रदुषण विकराल हुने विशेषज्ञहरुको भनाई छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ । विभिन्न स्वास्थ्य समस्या निम्तन नदिन जनस्वास्थ्य बिशेषज्ञ रवीन्द्र पाण्डेले सबैसँग बुँदागत रुपमा अपिल गरेका छन् ।
. भुकम्पको वरिपरिको समयमा जीबनचर्या अत्यब्यस्त्य हुने भएकोले खाना र पानीजन्य प्रदुषण बिकराल हुन्छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ ! तसर्थ सकभर उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाऔं !
. भूकम्प पश्चात आएको बर्षाको कारण भिजेर बालबालिका तथा बृद्धबृद्धालाई निमोनिया, ब्रोंकाइटिस, दम, एलर्जी आदि रोग लाग्ने खतरा हुन्छ तसर्थ यस्तो जोखिम बर्गलाई तातो खानापानी खुवाउने, घाममा बसाल्ने अनि समयमा उपचार गर्ने आदि गर्नुपर्दछ !
. रक्तचाप, मधुमेह, मानसिक रोग, दम, हर्मोनजन्य रोग आदिका औषधि नियमित सेवन गरिरहेका व्यक्तिहरुले औषधि कुनैपनि हालतमा छोड्नु हुँदैन !
. भूकम्पको कारण केटाकेटी, धेरै सम्बेदनशील व्यक्ति तथा बुढाबुढीहरु तर्सिने, नराम्रा सपना देख्ने, डराउने, आत्तिने, नसुत्ने गर्न सक्दछन तसर्थ यस्ता समुहलाई सान्त्वना, भरोसा, आशा र सामुहिक बसाइमा राख्नुपर्दछ ! धेरै तनाब र अवसाद भएमा चिकित्सक वा मनोपरामर्शदाताबाट सहयोग लिनुपर्दछ !
५. जीवन रक्षक उपचार जस्तै अक्सिजन, रगत, डाइलाइसिस् आदिको सहारा लिइरहेकाहरुलाई उपचारमा प्राथमिकता दिनुपर्दछ !
६. भूकम्पको कारण आफन्त तथा घरसम्पत्ति गुमाएकाहरुको मनोदशा बिकराल हुन्छ तसर्थ उनीहरुलाई सबैले सहयोग, भरोसा एबम आड दिनुपर्दछ ! धेरै तनाब र आक्रोशजन्य पीडाको कारण हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप जस्ता आकस्मिक समस्या आउन सक्छन !
७. सामान्य चोट लागेपनि टिटानसको सुइ, ड्रेसिंग, झोलिलो खाना तथा संक्रमण रोक्ने औषधि सेवन गर्नुपर्दछ !
८. यस्तो विषम मौसम एबम वातावरणमा फ्रिजमा राखेको पानी, कोल्ड ड्रिंक्स, अल्कोहल आदिको सेवन गर्नुहुँदैन !
. सबैले आफ्नो घर अगाडि सरसफाई गर्नुपर्दछ ! पानी जम्न दिनुहुँदैन ! जमेको पानी र भत्केका पर्खालको कारण मलेरिया, डेंगु जस्ता कीटजन्य रोग लाग्न सक्दछ !
१०. प्राप्त भएसम्म रोगप्रतिरोग क्षमता बढाउन सागसब्जी, फलफुल, गेडागुडी, दाल, अन्डा, प्रशस्त पानी आदि सेवन गरेर आफ्नो स्टामिना बडाउन कोशिस गर्नुपर्दछ !

0 comments for "भूकम्प, स्वास्थ्य समस्या र समाधान"

Leave a reply

    Popular Posts

    Blog Archive