Published On:Thursday, April 23, 2015
Posted by my storry
२६ घण्टाको जुम्ला यात्रा
वैशाख ११ गते ,
राजधानी काठमाडौं र कर्णाली अञ्चलको सदरमुकाम जुम्लाबीच सिधा रूपमा बस सेवा सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पहिलो पटक काठमाडौंबाट जुम्लासम्म एउटै बसमा यात्रा गर्ने वातावरण मिलाएको हो । कान्तिपुर दैनिकमा समाचार छ । बसमा २६ घन्टामा राजधानीबाट जुम्ला पुग्न सकिन्छ ।
व्यवसायीहरूले काठमाडौं-सुर्खेत र सुर्खेत-जुम्लाको लागि रूट परमिट पाए पनि काठमाडौंबाट सिधै जुम्लासम्मको लागि यातायात व्यवस्था विभागबाट हरियो झन्डा पाएका छैनन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले अस्थायी रूपमा व्यवसायीले बस सेवा सुरू गरेका बताए ।