Published On:Monday, April 20, 2015
Posted by dadad
एउटै मुद्दामा तीन पुस्ता
०८ वैशाख,ताप्लेजुङ नगरपालिका-४ का भट्टराई परिवार १९५० सालदेखि आफ्नो नाममा रहेको
करिब सात रोपनी जग्गा भोगचलन गर्न नपाएर अदालतमा धाइरहेको छ। परिवारको तीन
पुस्ता अदालती मुद्दामै बितिसकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
विभिन्न स्तरका अदालतले भट्टराई परिवारकै पक्षमा मुद्दा फैसला सुनाए पनि त्यो परिवारले जग्गा भोगचलन गर्न पाएको छैन। १९५० देखि मित्रलाल भट्टराईका नाममा रहेको सो जग्गामा १९९३ सालदेखि किचलो सुरु भएको हो।
मित्रलालका छोरा हरिलाललाई प्रतिवादी बनाई १९९३ सालमा ताप्लेजुङकै भगीश्वर लिम्बूले मुद्दा हाले। सोही साल मंसिर ५ गते वादीले दाबी छोडी प्रतिवादी हरिलालका नाममा चौकिल्ला कायम गरियो। त्यो भट्टराई परिवारको जित थियो।
फेरि सोही जग्गाका विषयमा अघिल्लो मुद्दाका वादी भगीश्वर र प्रतिवादी हरिलाललाई प्रतिवादी बनाएर २००४ सालमा कुलबहादुर लिम्बू र नरबहादुर लिम्बूले मुद्दा हाले।