Published On:Thursday, April 16, 2015
Posted by my storry
ढकाल प्रति श्रद्धा सुमन, पार्टी पंक्तिलाई ठूलो क्षति पुगेको अध्यक्ष ओलीको टिप्पणी
४ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष के शर्मा ओलीलले एक जना सक्षम राजनीतिक सिपाही गुमाउँदा पार्टी पंक्तिलाई ठूलो क्षति पुगेको बताएका छन ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य रामनाथ ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा नेकपा एमाले उपत्यका समन्वय कमीटीले शुक्रबार राजधानीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा अध्यक्ष ओलीले ढकाल अहोरात्र नेकपा एमाले पार्टी र देशका लागि लडिरहने योद्धाका रुपमा स्थापित नेता रहेको वताए । उनले यस शोकलाई एमालेले शक्तिमा बदल्दै नयाँ शिराबाट पार्टीलाई अगाडी बढाउने दावी गरे ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ढकाल एक युवा सक्षम र सफल राजनीतिक नेता भएको टिप्पणी गरिन ।
महासचिव ईश्वर पोख्रेलले ढकालको राजनीतिक सक्रियताबाट अप्ठ्यारो र सप्ठ्यारोमा पनि अविचल्लित हुँदा सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण सिक्न सकिने बताए । कार्यक्रममा विधार्थी नेता, शुभचिन्तक, समर्थक लगातको उपस्थिति रहेको थियो ।