Published On:Thursday, April 30, 2015
Posted by dadad

८० प्रतिशत सवारी चालक राजधानी बाहिर

१८ वैशाख, काठमाडौं । गएको शनिबारको विनाशकारी महा–भुकम्पले प्रभावित जिल्लाका ८० प्रतिशत सवारी चालकहरु राजधानीबाट बाहिरिएका छन् । 

८० प्रतिशत भन्दा बढि सवारी चालक बाहिरिएपछि यात्रुहरुलाई निक्कै समस्या परेको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले सबै चालकहरुलाई आफ्नो जिम्मेवारीमा फर्कन भनिरहेपनि परिवारके बिचल्ली अवस्थाले उनीहरु काममा फर्कन सकिरहेका छैनन् ।

यस्तै मक सवारी साधन र बढि यात्रु भएपछि यातायत क्षेत्रमा लुटतन्त्र मौलाउँदै गएको महासंघका महासचिव सरोज सिटौलाले स्वीकारेका छन् । त्यस्ता गैर–जिम्मेवार काम गर्ने २५ जनाभन्दा सवारी चालक र व्यवसायी कारबाहीको दायरमा आईसकेको महासंघका महासचिव सिटौलाको दाबी छ । 

विपतको यो घडीमा पनि बढि रकम असुल्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसँग महासंघको माग छ । विनाशकारी भुकम्पबाट अत्ति प्रभावित धादिङ, नुवाकोट, काभ्रे लगायत जिल्लाहरुमा विगत भन्दा ८० प्रतिशत सवारी साधनहरु कम चलेको महासंघले जनाएको छ ।

राजधानीमा ८० प्रतिशत सवारी चालकहरु नभएपनि आफ्नो सेवालाई भने प्रभावकारी बनाउदै थप व्यवस्थित बनाउन महासंघ लागिपरेको सिटौलाले दाबी गरे । उनले देशका विभिन्न ठाउँबात राहत सामग्रीदेखि मानिस ओसारपोसारसम्मका काममा यातायात क्षेत्र सक्रिय रहेको बताए । 

0 comments for "८० प्रतिशत सवारी चालक राजधानी बाहिर"

Leave a reply

    Popular Posts

    Blog Archive