Published On:Tuesday, April 21, 2015
Posted by my storry
सार्वजनीक यातायात सुधार्न, उपभोक्ता हित संरक्षण मञ्चको माग
वैशाख ८ गते,
मञ्चले आज विज्ञप्ति निकालेर उपभोक्ताले तोकिएको भन्दा बढि भाडा तिर्नुपरेको भन्दै यस सम्वन्धमा तत्काल अनुगमन र कार्वाही प्रक्रिया अघि वढाउनुपर्ने माग गरेको छ ।
मञ्चका कोाषध्यक्ष रजनी ढकाल र सदस्इ जगन्नाथ मिश्रद्धरा जारी विज्ञप्तिमा भनिएको छ ः तोकिएको १३ रुपैंयाँ नलिई तोकिए भन्दा २ रुपैंयाँ बढी जम्मा १५ रुपैंयाँ नै लिई रहेको र यातायात क्षेत्रका उपभोक्ता दिनहुँ ठगिई रहनु परेको व्यापक गुनासो अएको छ ।
विज्ञप्तिमा तोकिए भन्दा बढी सिट राखेको, सिट संख्या भन्दा यात्रुलाई बस्न कठिन हुँने गरि साँघु¥याएर राख्दा सकस पूर्ण यात्रा गर्नुपर्ने र उभ्याएर राखिएका यात्रुलाई समेत यौनहिंसाजन्य कृयाकलाप हुने गरेकोले उपभोक्ताको मानव अधिकारमा समेत आघात परेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सरकारलाई सचेत रहन आग्रह गरिएको छ ।
सवारी साधनहरुको अनुगमन गरि स्वीकृत भन्दा बढी राखिएका सिटहरु हटाई त्यस्तो कार्य गर्ने र बढी यात्रु राख्ने सवारी साधन र धनीलाई आवश्यक कानुनी बारवाहिको माग गरिएको छ ।
संस्था दर्ता ४६३÷०५१÷०५२
उपभोक्ता हित संरक्षण मंच–नेपाल
िकेन्द्रीय कार्य समिति, काठमाडौ फोन नं. ४४७५३२०
श्री महानिर्देशक ज्यू
यातायात व्यवस्था विभाग
नायाँबानेश्वर, काठमाण्डौं
विषयः– तोकिए भन्दा बढी भाडा असुलि रहेकोले त्यस्ता व्यक्ति उपर कारवाहि गरि तोकिएको भाडा दर कायम गरि पाउँ ।
२०५१ सालमा स्थापना भई वस्तु र सेवाको मुल्य, आपूर्ति, गुणस्तर, नापतौल नस्ता आम उपभोक्ता संग प्रत्यक्ष सरोकार राख्ने विषयमा निरन्तर अनुगमन गर्दे सो बाट भेटिएका दोषि उपर कडा कानुनी कारवाहि गर्नु गराउनु भन्ने आवाज उठाउदै आएको अग्रणि संस्था रहेको व्यहोरा यहाम अवगत नै छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सार्वजनिक सवारीका साधनहरुको रुट अनुरुपको यात्रु भाडा तोक्ने जिम्मा नेपाल सरकारलाई दिएको छ । सोहि अनुरुप नेपाल सरकारले बेलावखतमा यातायात व्यवसायीको माग अनुरुप भाडा बृद्धि गर्ने गरेको छ । पछिल्लो अवधिमा नेपाल आयल निगमले स्वचालित मुल्य प्रणालि अपनाएको कारणले पेट्रोलियम पदार्थको मुल्यमा भारि गिरावट आए पछि लामो दुरीको रुट, मध्यम दुरीको रुट रस्थानिय रुटमा भाडा केहि घटाएको समेत यहामा विधितै छ ।
यसरी स्थानिय रुटमा न्युनतम भाडा साविकमा १५ रुपैंयाँ तोकिएकोमा एक पटक एक रुपैंयाँ र अर्को पटक एक रुपैंयाँ समेत गरि जम्मा २ रुपैंयाँ भाडा घटाई भाडा समायोजन गरेकोमा यातायात व्यवसायी तथा यातायात मज्दुरहरुबाट सो तोकिएको १३ रुपैंयाँ नलिई तोकिए भन्दा २ रुपैंयाँ बढी जम्मा १५ रुपैंयाँ नै लिई रहेको र यातायात क्षेत्रका उपभोक्ता दिनहुँ ठगिई रहनु परेको व्यापक गुनासो अएको छ । यसरी प्रति व्यक्ति प्रति रुटमा दैनिक हजारौं यात्रुबाट २ रुपैंयाँ बढी असुल गर्दा लाखौं रुपैयाँको अवैधानिक ढंगले उठ्ति भई रहेको अवस्था भएको र सार्वजनिक यातायात सोवाको मुल्यमा आम उपभोक्ता ठगिई रहेकोले बढी भाडा लिई उपभोक्ता उपर मुल्यमा मर्का पार्ने व्यक्तिहरु उपर कानुनी कारवाहि गरि उपभोक्ता अधिकारको रक्षा गरि पाउँ ।
साथै सार्वजनिक यातायातको सेवामा तोकिए भन्दा बढी सिट राखेको, त्यसरी सिट संख्या भन्दा यात्रुलाई बस्न कठिन हुँने गरि साँघु¥याएर राख्दा यात्रुलाई खुट्टा निधाउने, झमझमाउने जस्ता सकस पूर्ण हुँर्ने र अमानविय कार्य अुँने गरेको र उभ्याएर राखिएका यात्रुलाई समेत यौनहिंसाजन्य कृयाकलाप समेत हुने गरेकोले उपभोक्ताको मानव अधिकारमा समेत आघात परेको छ । त्यसरी त्यस्ता सिट थप भएका सवारीका साधनहरुको अनुगमन गरि स्वीकृत भन्दा बढी राखिएका सिटहरु उप्काई हटाई त्यस्तो कार्य गर्ने र बढी यात्रु राख्ने व्यक्तिहरु समेतलाई आवश्यक कानुनी बारवाहि गरि अव उप्रान्त बढी सिट थप्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने कार्य नगरनु नगराउनु भन्ने समेतको आदेश समेत जारि गरि पाउँ ।
बोधार्थ
महानगरिय ट्राफिक प्रहरि परिषर
रामशाहपथ, काठमाण्डौं
जगन्नाथ मिश्र रजनी ढकाल
सदस्य सह कोषाध्यक्ष
९८४१२१५२२६ ९८४१२८६९४६
ईति सम्वत २०७२ साल बैशाख ७ गते रोज २ शुभम............................................................