Published On:Tuesday, April 21, 2015
Posted by my storry

पञ्जावको रोमाञ्चक जित, खेल टाइ भएको थियो।

९ वैशाख, काठमाडौ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राति किंस्‍स ११ पञ्जावले रोमाञ्चक जित दर्ता गरेको छ। 
अहमदावादमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयसल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। राजस्थानका लागि अजिन्का रहाणेले सर्वाधिक ७४ रन बनाएका थिए। यस्तै सेन वाट्सनले ४५ रन बनाएका थिए।
१९२ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पञ्जाव २० ओभरमा ६ विकेट गुमाएर १९१ रनमै समेटिएछि खेल टाइ भएको थियो। पञ्जावका लागि सहन मार्सले ६५ रनको योगदान दिए। यस्तै डेभिड मिलरले ५४ रन बनाएका थिए।
सुपर ओभरमा गएको खेलमा पञ्जावले जित हात पारेको हो। पहिले ब्याटिङ गरेको पञ्जावले १५ रन बनाए थियो। जवाफमा राजस्थान तेस्रो बलमै ६ रनमा समेटिएको थियो। जितसँगै पञ्जावले चार खेलमा पहिलो जित हात पारेको छ। पराजित शीर्ष स्थानमा रहेको राजस्तान ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ। 
दोस्रो स्थानमा चेन्नई तथा तेस्रोमा कोलकोत्ता समान ४ खेलबाट ६ अंका छन्।

0 comments for "पञ्जावको रोमाञ्चक जित, खेल टाइ भएको थियो।"

Leave a reply

    Popular Posts

    Blog Archive