Published On:Thursday, April 23, 2015
Posted by my storry

लोकतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

वैशाख ११ गते, लोकतन्त्र दिवस, 
प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताबाट नेपाली जनचाहनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्ने बताउनुभएको छ । 
लोकतन्त्र दिवस २०७२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री कोइरालाले नेपाली जनचाहना अनुसार झण्डै एक शताब्दीदेखि गर्दै आएको सङ्घर्षको परिणाम स्वरुप अहिलेको प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ । 
“अहिलेको अवस्था जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरण हो जारी सन्देशमा भनिएको छ । शन्देसमा भनिएको छ विगतमा शान्ति प्रकृयाका जटील मानिएका विषयलाई आपसी संवाद, सहकार्य, मेलमिलाप र सहमतिका आधारमा समाधानमा पुर्‍याएको अनुभवलाई संविधान निर्माणमा पनि उपयोग गरेर जनचाहनाबमोजिम संविधान बनाउन दिवसले सबैलाई प्रेरित गर्न सकोस,”
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लामो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने कार्यमा धैर्यतापूर्वक साथ पाउने अपेक्षासहित देशभित्र र बाहिर रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

0 comments for "लोकतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना "

Leave a reply

    Popular Posts

    Blog Archive