Published On:Sunday, April 19, 2015
Posted by my storry

च्याउ खाँदा नौजना बिरामी

उर्लाबारी, ६ वैशाख । 
खेतबारीमा उम्रेको गोब्रे च्याउ खाँदा आज मोरङको मधुमल्लामा एकै परिवारका नौजना बिरामी परेका छन् ।
च्याउ खाँदा मधुमल्ला–६ कसेनी निवासी ४२ वर्षीय लक्ष्मीकुमार श्रेष्ठ, २५ वर्षीया मुना श्रेष्ठ, १९ वर्षीय दीलिप श्रेष्ठ, १८ वर्षीया अनिता श्रेष्ठ, २१ वर्षीय निराजन श्रेष्ठ, दुई वर्षीया सुप्रिमा श्रेष्ठ, ३५ वर्षीय हेमु श्रेष्ठ, ६६ वर्षीय दीलबहादुर श्रेष्ठ र ६७ वर्षीया निर्मला श्रेष्ठ बिरामी परेका हुन् ।
छिमेकी चित्रबहादुर पोखरेलको बारीमा उम्रेको गोब्रे च्याउ मासुसँग पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताउनुभयो ।
उनीहरुको झापाको दमक–१० स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । रासस

0 comments for "च्याउ खाँदा नौजना बिरामी"

Leave a reply

    Popular Posts

    Blog Archive