Published On:Tuesday, April 21, 2015
Posted by Tekman Shakya

११ गतेदेखि ऐतिहासिक चलचित्र ‘झोला’ को पुनः प्रदर्शन

काठमाडौं । यहि बैशाख ११ गतेदेखि सती प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘झोला’ पुनः प्रदर्शन हुने भएको छ । 

साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित चचित्र यसअघि गएको वर्षको माघ २४ गते रिलिज भएर देशभर सफलताका साथ प्रदर्शन भएको थियो ।
दर्शकको राम्रो साथ पाएको यो चलचित्र औपचारिक पुनः प्रदर्शन हुनु नेपाली चलचित्र ईतिहासमा नै पहिलो भएको फिल्म निर्देशक यादव कुमार भट्टराईले बताए । नेपालीमाटोसँग कुराकानी गर्दै निर्देशक भट्टराईले नेपालीपनमा आधारित चलचित्रले मात्रै नेपाली मन जित्न सक्ने झोला चलचित्रले स्पष्ट पारेको बताए ।


‘पछिलो समय नेपाली चलचित्र प्रति दर्शकको रुची घटेको अवस्थामा पुनः प्रदर्शनमा ल्याउनु आफैंमा कठिन भएको हामीले महसुस गरेका छौं’ निर्देशक भट्टराईले भने –‘पहिलो रिलिजमा धेरै दर्शकले चलचित्र हेर्न नपाएको गुनासो आएकाले पुनः रिलिजको आवश्यकता ठानेका हौँ’ 

‘झोला’ सामाजिक सञ्जाल युट्युवमा पनि नआउने तथा यसको डिभी भिसिडी पनि सार्वजनिक नहुने निर्देशक भट्टराईले बताए ।


झोला चलचित्रले सार्क फिल्म फेस्टिभलसँगै ‘वासिङ्ग्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका, गोवा ईन्टरनेशनल फिल्म फेस्टिभल भारत, दिल्ली ईन्टेनेशनल फिल्म फेस्टिभल भारत, डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’ ल्ऽगायतका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र  महोत्सवहरुमा नेपालको प्रतिनिधित्व गरेको थियो ।

गरिमा पन्तसँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतले फिल्ममा अभिनय गरेका छन् । 

0 comments for "११ गतेदेखि ऐतिहासिक चलचित्र ‘झोला’ को पुनः प्रदर्शन"

Leave a reply

    Popular Posts

    Blog Archive