Published On:Thursday, April 30, 2015
Posted by my storry
भूकम्प पिडित, निःशुल्क सवारी भ्रम र वास्तविकता
वैशख १७,
भूकम्पबाट विक्षिप्त काठमाण्डौ र काठमाण्डौ वासीको मनमा मल्हम लगाउने प्रयास देश विदेशबाट जारी थियो । भूकम्प गएको दुई दिन पछि अर्थात १४ र १५ गते काठमाण्डौबाट वाहिरिने देशकै सवैभन्दा ठूलो नाका कलंकीमा विहानै देखी फाटफुट सवारीका साधन वाहिररहेका थिए । जुन दिउँसो र साँझ पख अलिक बढेर गएको थियो । अफिस विदा र घरमा पनि डर भएकोले दिनभर कलंकी चोकको खुल्ला स्थानमा बसेर सवारी साधनका चालक, सहचालक र मालिकका गतिविधी नियाल्ने अवसर पाएको थिए । भूकम्पको त्रासबाट मुक्त हुन आम नागरिक आतुर थिए तर भूकम्पको धक्का र हल्ला चर्को गरी चलिरहेको थियो । यसै वेला धेरै नागरिक काठमाण्डौ छाड्न चाहन्थे । जुन कलंकीको दृष्यले प्रष्ट पारेको थियो । र विडम्बना ५ सय भाडा लाग्ने बाटोमा १५ सय सम्म तिनुपर्ने सवारी साधनका स्टाफको प्रस्ताव यात्रुहरुले सहज स्विकारी रहेका थिए कारण जीवन रक्षा त्यो समयमा सवैभन्दा ठूलो कुरा थियो । तर कुरा के भने कतिपय यस्ता नागरिकक पनि थिए जो दैनिक मजवुरी गरेर जीवन चलाउँदै आएका थिए खल्तीमा पैसा धेरै कम थियो ।
ति सवै अलपत्र परे यो खवर जताततै पुग्यो जसले मानवियताको खडेरी प्रष्ट पारीरहेको थियो । यसैविचमा १६ गतेबाट निःशुल्क वस सेवा सञ्चालन गर्ने चर्चा चल्यो जसले आम नागरिकमा राहतको महशुस गरायो । सोही अनुरुप आम नागरिक घर फिर्न वाँचेकोमा खुसी मनलिएर कलंकी चोकमा पुगे । कलंकी चोकमा पुग्दा धेरै वसको अगाडी पट्टि टाँसीएको व्यानरमा विभिन्न कुरा लेखिएको थियो जसले यात्रुलाई खासै छोएन उनिहरुको ध्यान वस र सिटमा वसेर यात्रा गर्ने तर्फ केन्द्रीत थियो । सवै वस सञ्चालन गर्ने समितिहरुले जताततै सञ्चार माध्ययमा निःशुल्क वस सेवा सञ्चालनको हौवा फैलाए ।
तर यो भ्रम रहेछ भन्ने कुरा यात्रुले तव मात्र थाहा पाए जव वसका सह–चालकले सिटमा वसेपछि वेलीविस्तार लगाउन थाले । उनले भन्दै थिए हेर्नुस बुटवलबाट काठमाण्डौ आउँदा निःशुल्क हो काठमाण्डौबाट बुटवल जाँदा त तोकिएको पैसा लाग्छ । त्यसपछि यात्रु मुखा मुख गर्न थाले । तर छेवैमा पोखराको वस र सुमो थिए ति सवारी साधानको व्यानरमा लेखिएको थियो भूकम्प पिडितहरुका लागि निःशुल्क वस सेवा । यस पछि मलाई जिज्ञासा लाग्यो यसको व्यानरमा के लेखेको रहेछ भनेर हेर्दा मैले देखेँ पश्चिम नेपाल वस व्यवसायी समितिद्धरा सञ्चालीत वस सेवा ।
वस त्यसपछि मसंग रहेको समितिका पदाधिकारीको फोन डायल गरेँ र सोधे के गरेको तपाईहरुले भन्दा उँहा पनि भन्दै हुनुहुन्थ्यो तोकिएको भाडा तिर्नु त्यो भन्दा बढी मागे मलाई फोन गर्नु । यसपछि खुल्यो रहस्य जनताको घाउमा मल्हम लगाउँछौ भनेर प्रचार गर्ने तर भित्र भित्रै जनतालाई भ्रममा पारेर ४ सय ९० लाग्ने भाडामा ५०० रुपैयाँ पैसा च्वाट पार्ने । वस समितिहरुले लुकी लुकी किन कुरा चपाएर गरेका होलान पैसा लाग्छ भनेको भए नहुनेले खोज खन्तर गरेर भएपनि कलंकी सम्म पुग्थे होला । तर यही सुनेपछि केही यात्रु मलिन अनुहार लिएर फेरी सडक पेटिमा वसे र विपदमा भएको व्यवस्थालाई धिकारे ।
वास्तविकता
वास्तविकता थियो छेवैमा उभिएको पोखराको गाडीमा उनिहरु बाटोमा हिड्ने झोला वोकेका नागरिकलाई सोधिरहेका थिए । कहाँ जाने पोखरा हो ? आउनु है पोखरा जाने वस यता छ । यस्तै यस्तै मैले उनिहरुलाई पनि सोधे खास कुरा के हो भनेर हो हामी निःशुल्क नै यात्रुलाई सेवा दिइरहेका छौ । विपद सधै भैरहने र आईरहने हैन अरु समयमा त उँहाहरु पैसा तिरेर गईहाल्नुहुन्छ नि सहयोग भनेको यस्तै समयमा गर्नु पर्छ । फेरी रहरले पनि उँहाहरु घर फर्कन थाल्नु भएको हैन । यस्तै अभिव्यक्ति सुन्दा लाग्थ्यो सहयोग संघ संस्था र मन के पोखरामा मात्रै छन् ।
किन यस्तो भयो
सधै कमाउ धन्दामा लाग्ने गरेको आरोप खेपिरहेका यातायात व्यवसायिहरुको निरन्तरताको क्रमभंगता हुन नसकेको देखिन्छ । सहयोगको भावना भन्दा पनि भोगको भावना बढ्ै गईरहेको समयमा केही यातायात व्यवसायीले यसलाई तोड्न नससक्नुको उपज पनि हुनसक्छ । अर्को उपकारलाई हिसाव किताव गरेर नाफा घाटामा जाँज्दा कहिल्यै हिसाव फाईदामा निकाल्न सकिँदैन जुन केहीले गरे ।
विपदका वेला सहयोगको च्यँखे थापेर आम नागरिकलाई फसाउने हर्कत नगरिदिएको भए राम्रो हुने थियो ।