Published On:Saturday, April 18, 2015
Posted by dadad

मोदीलाई टक्कर दिन बीबीसीले बनायो बुद्धबारे यस्तो डकुमेन्ट्री (भिडियो सहित)

एजेन्सी । भगवान गौतम बुद्धको जन्म स्थानका बारेमा भारत सरकारले बेला बेलामा विवादास्पद अभिव्यक्ति दिने गरेका छन् ।
गत साउन १८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभा बैठकमा सम्बोधन गर्दै बुद्ध भुमिका म्न  टेक्न पाउँदा आफु गौरवान्वीत भएको बताएका थिए । उनको उक्त भाषण सुनेर हाम्रा सभासदहरुले मज्जाले ताली समेत पीटे ।

अहिले  मोदी फ्रान्स पुगेर बुद्ध भारतीय क्षेत्रमा जन्मीएका हुन् भन्ने अभिव्यक्ती दिएका छन् । मोदीको यो भषणको सार जे भए पनि उनले बुद्धको नाम जोडेर भारतलाई विश्वमा नयाँ रुपमा चिनाउने प्रयत्न गरेका छन् ।
तर, मोदीको उक्त भारषमा जे भने पनि बेलायतको बीबीसी सेवाले बुद्धबारे एउटा डकुमेन्ट्र बनाएको छ । जहाँ बुद्धको जन्मदेखि ज्ञान प्राप्त गर्दासम्मका घटना समावेश गरिएको छ । 

उक्त भिडियोमा बुद्ध नेपालको लुम्बिनीमा जन्मीएको र ज्ञान प्राप्तीकालागि बोधगयो पुगेको उल्लेख छ । बीबीसीले उक्त भिडियोमा सप्रमाण व्याख्या प्रयास गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments for "मोदीलाई टक्कर दिन बीबीसीले बनायो बुद्धबारे यस्तो डकुमेन्ट्री (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive