Published On:Friday, April 24, 2015
Posted by Unknown

बरिष्ठ गीतकार प्रेम प्रकाश मल्लको निधन

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साच्चिकै पो पोखरा नै रैछ...'
यी र यस्तै कालजयी गीतका लेखक तथा गीतकार प्रेम प्रकाश मल्लको ८० बर्षको उमेरमा निधन भएको छ।
पक्षघातका कारण लामो समयदेखि अस्वस्थ रहेका गीतकार  मल्लको शिक्षण अस्पताल नेपालगन्जमा उपचार कै क्रममा निधन भएको हो।
‘म मरे पनि मेरो देश बाँचि रहोस्....’ भन्ने कालजयी गीतका लेखक मधुकरका शव्द भावमा राष्ट्र, राष्ट्रियता पाईन्छ। मधुकरका अधिकांश गीत चर्चित र नेपाली जनजीब्रोमा झुन्डिएका छन्। कबिता/गजल र शोककाब्य लगायत ५ पुस्तक प्रकाशित छन्।
दर्जनौ राष्ट्रिय गीतका लेखक तथा गायक मल्लको ७८ वर्ष जीवनी पल्टाउदा धेरैजसो दुःखका कथा भेटिन्छन्।  पक्षघातका कारण  हिंडडुल गर्न पनि नसक्ने मधुकरको पछिल्ला दिनमा  बोलीसमेत राम्ररी फुट्दैनथ्यो।
उच्च रक्तचाप, डिप्रेशन, थाइराइड र प्यारालाइसिस जस्ता समस्याले मधुकर २०५८ साल पुषदेखि ओछयानमा थलिदै आएका थिए।
प्रेमप्रकाशलाई मासिक पाँच हजारको औषधी किन्नु पर्थ्यो। तर, आर्थिक अभावका कारण उनलाई औषधि किन्न समेत गाह्रो भईरहेको थियो। पछिल्ला दिनमा सिकिस्त बिरामी परेका मल्लको उपचारमा आर्थिक अभाब भएपछि देश बिदेशमा रहेका गीत संगीतका पारखीहरुले आर्थिक संकलन गरेर उनको उपचार खर्च जुटाउँदै आएका थिए।
उनलाई भेट्नेहरुले भन्ने गरेका थिए, ‘आशुँ पिएर बाँचिरहेका छन् मधुकर।’  कहिलेकाँही एक्लै बाच्नुपर्दा निकै पिडा पनि हुन्थ्यो उनलाई तर, उनी आफैंलाई सात्वना दिन्थे। उनको अबस्था  आफैले गाएको गीत जस्तै भएको थियो।
वन कि म चरी कस्ले सुन्ला कठै बरी
मेरो मनको बिलौना, हाय हाय मनको बिलौना।
सडक दुर्घटनामा परेर छोराको मृत्यु भएपछि उनी लामो समयदेखि छोरीको घरमा बस्दै आएका थिए। आफ्नै घरमा स्याहार सुसार गर्दै आएकी जेठी छोरी श्रीमती वाणी मल्लले आफूसँग भएको गरगहना कृषि विकास बैंकमा धितो राखेर आवश्यक रकमको ब्यबस्था मिलाई उपचारका लागि तीन साता पहिले भारतको लखनउ पुर्‍याएकी थिइन्।
मल्लले ०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए। उपचारका लागि आर्थिक अभाबको परेपछि उनका आफन्तहरुले सहयोगका लागि बाँके कै जनप्रतिनिधि मुलुकको प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका थिए। गीत संगीतमै आफ्नो जीवन सर्मपण गरेका मल्लले सरकारबाट उपचार सहयोग पाएनन्। @setopati

0 comments for "बरिष्ठ गीतकार प्रेम प्रकाश मल्लको निधन"

Leave a reply

    Popular Posts

    Blog Archive