Published On:Monday, April 20, 2015
Posted by my storry
स्वास्थ्य मन्त्रीको २४ घण्टे अल्टिमेटम,कार्यक्षेत्रमा नगए नयाँ नियुक्ती थाल्छौः स्वास्थ्यमन्त्री
जाजरकोटको महामारी नियन्त्रण नजिक रहेको दावी
स्वास्थ्य मन्त्री खगराज अधिकारीले सवै स्वास्थ्यकर्मीहरुलाई २४ घण्टा भित्र कार्यक्षेत्रमा पुग्न निर्देशन दिनुभएको छ ।
सरकारको निर्देशनलाई वेवास्था गरेर कार्य क्षेत्रमा नजाने चिकित्सकलाई कारवाही गरेर नयाँ नियूक्ती गर्ने मन्त्री अधिकारीले बताउनुभयो ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री अधिकारीले भन्नुभयोः केही चिकित्सकहरु कार्यक्षेत्रमा नगएको पाएको छु, त्यस्ता स्वास्थाकर्मीलाई आवश्यक कार्वाही प्रक्रिया सरकारले थालिसकेको छ ।
मन्त्री अधिकारीले अहिलेसम्म स्वास्थ्य परिक्षण गरिएको ४ हजार विरामी मध्ये २५ प्रतिसतमा मात्र स्वाईन फ्लुको सक्रमण पाईएको बताउनुभयो ।
उँहाले जाजरकोटमा फैलीएको संक्रमण न्यूनिकरणका लागि सरकारले आवश्यक स्वास्थ्य कर्मी र औषधीको व्यवस्था मिलाई सकेको बताउनुभयो । अझै आवश्यकता महशुस भएकाले आज मात्रै पनि थप ३ वटा स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाईएको मन्त्री अधिकारीले बताउनुभयो । मन्त्री अधिकारीले–सबै स्वास्थ्य कर्मीहरु दिनरात नभनी उपचार गरिरहनु भएको छ, उहाँहरुको मनोबल घटाउने काम गर्न नहुने तर्क गर्नुभयो ।